काठमाडौँ- गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्द गरेपछि नेपाल प्रहरीले दुई रुटमा बस चलाउने भएको छ।
सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण मर्कामा परेपछि नेपाल प्रहरीले उपत्यकामा दुईवटा बस सञ्चालन गर्ने जानकारी दिएको हो।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार, अप्ठ्यारोमा परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन बस सञ्चालन गरिएको हो।
सार्वजनिक यातायात नचल्दा राइड सेयरिङ सेवाको माग बढेको छ। यसैबीच, राइड सेयरिङको शुल्क समेत वृद्धि भएको छ भने अफलाइनमार्फत सेवा दिने चालकहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।


