काठमाडौँ- प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक नेपाल प्रेस युनियन र एमालेको भातृसंस्था प्रेस चौतारीलाई ३-३ जना भागबन्डा गरी काउन्सिलमा सदस्य नियुक्त गरिएको हो।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, निमा काफ्ले, भीमलाल श्रेष्ठ र शान्तराम बिडारीलाई काउन्सिलको सदस्य पदमा नियुक्त गरेका छन्।
अर्याल, अधिकारी र जोशी युनियनको कोटामा नियुक्त हुँदा काफ्ले, श्रेष्ठ र बिडारी चौतारीबाट गएका हुन्।
काउन्सिलमा सदस्यहरू नियुक्त भएपनि अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल भने सोमवारबाट नै पूरा भएको छ।


