काठमाडौँ- राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीले आज काठमाडौंको सिफलचौरमा प्रदर्शन गरेका छन्।
गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका राजावादीहरूको सहभागिता सिफल पुग्दा उल्लेख्य मात्रामा कम भएको छ।
जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै सोमवार राजावादीले प्रदर्शनका कुनै कार्यक्रम राखेका थिएनन्।
राजावादीको प्रदर्शनका लागि सरकारले सिफल, बल्खु र कोटेश्वरदेखि बालकुमारी क्षेत्रमा मात्र प्रदर्शन गर्न पाउने तोकिदिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


