२०८३ कार्तिक २६ गते बुधबार

बेलायतमा कञ्‍चनजंघा आरोहणको स्मरण, दीगो पर्यटनको प्रतिबद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २३
504727955_1243362957792466_7225910182420194660_n

काठमाडौँ- संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा कञ्‍चनजंघा आरोहणको स्मरण गरिएको छ। नेपाल पर्यटन बोर्डले कञ्‍चनजंघा आरोहणको ७० वर्ष पूरा भएको अवसरमा लन्डनमा आयोजना कार्यक्रममा कञ्‍चनजंघा आरोहीमार्फत् आरोहणको स्मरण गरिएको हो।

लन्डनको रोयल जियोग्राफिकल सोसाइटीको सभाहलमा संयुक्त अधिराज्य बेलायतको पर्वतारोहण टोलीले सन् १९५५ मा पहिलो पटक विश्‍वको तेस्रो ठूलो हिमाल आरोहण गरेको अवसरमा आयोजित कार्यक्रममा कञ्‍चनजंघा आरोहण गरेका व्यक्तिहरुको सपना, संघर्ष र अनुभव सुनाएका हुन्। जसमा नेपालका प्रसिद्ध पर्वतारोही मिङ्‌मा डेभिड शेर्पाले आफ्नो शिखर यात्राको कथा सुनाउँदा सभाहल तालीले गुञ्‍जयमान भएको थियो।

उनले विश्व समुदायलाई हिमाली पारिस्थितिक प्रणालीको सम्मान गर्न, जलवायु परिवर्तनले हिमालमा पारिरहेको असरलाई न्युनिकरण गर्ने उपायहरु अवलम्बन गर्न र दिगो भविष्य निर्माणका लागि एकजुट हुन आग्रहसमेत गरेका छन्। कार्यक्रममा पर्यटन प्रबर्द्धनमा प्रमुख भूमिका खेलिरहेका कञ्चनजङ्घा क्षेत्रको स्थानीय समुदायको योगदानलाई पनि विशेष रूपमा उजागर गरिएको थियो।

कार्यक्रममा एडिनबरा ड्युक, राजकुमार एडवर्डको समेत उपस्थिति रहेको थियो। उनको उपस्थितिले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको गहिराई राज्य तहमा मात्र होइन, जनस्तरसम्म पुग्ने मित्रताको प्रतिकको रुपमा अर्थ्याइएको छ। सोही अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले कञ्‍चनजंघा एउटा हिमाल मात्र नभएर जीवित सम्पदा भएको उल्लेख गरेका छन्। उनले भने, “कञ्चनजङ्घा हिमाल मात्र होइन, यो एक जीवित सम्पदा हो, जसले समुदायहरूलाई जोड्छ, साहसिक यात्रुहरूलाई प्रेरणा दिन्छ, र प्रकृति संरक्षणप्रति हाम्रो साझा उत्तरदायित्व सम्झाउँछ।”

सीईओ जोशीले यस्ता कार्यक्रमहरूले नेपाल–बेलायत मित्रतालाई अझ सुदृढ बनाउने र दिगो, समावेशी हिमाली पर्यटनको परिकल्पनालाई थप सशक्त बनाउने विश्‍वास व्यक्त गरेका छन्। यससँगै सीईओ जोशीले विश्व मञ्चमा नेपालको हिमाली सम्पदाको प्रवर्द्धन गर्न, साथै प्रकृति र स्थानीय समुदाय दुवैलाई लाभ पुग्ने उत्तरदायी पर्यटनको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बेलायतस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरू, साथै बेलायत र नेपालका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो।

प्रकाशित: २०८२ जेठ २३ गते शुक्रबार ०७:११
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना