काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार प्रतितोला तीन हजारले घटेर सुन १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।
चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २१ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


