काठमाडौं- नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको छ।
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो।
यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए।


