काठमाडौँ- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो।
पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
हिल्टन होटलको सेयर किनबेचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले किनेको विषयमा प्रश्न उठाउँदै एक भिडियो बनाएका थिए।
जयवीरको सम्पत्ति दुबई, अस्ट्रेलिया हुँदै क्यानडासम्म रियल इस्टेट बिजनेस फैलाएको बताएका छन्।
सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो। साथै त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख पनि गरेको थियो। त्यही प्रकरणमा पत्रकार पाठकलाई पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ।


