काठमाडौँ– शुक्रवार पनि सुनको मूल्य बढेको छ। नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ।
बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कारोवार भएको थियो।
यस्तै चाँदी तोलामा आज दुई हजार १६५ मा कारोबार भइरहेको छ।
बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको थियो।


