काठमाडौं- सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ।
शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।
सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरूले बताएका थिए।
रास्वपाले भने उक्त सहमतिमा चित्त बुझाएको छैन।
उसले प्रतिनिधिसा बैठकमा अवरोध कामयै राखेको छ।
विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए।


