२०८३ कार्तिक २६ गते बुधबार

किन घट्यो म्याग्दीमा भिरमह?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३१
honey_hunting

म्याग्दी –म्याग्दीमा यो वर्ष भिरमह उत्पादन ७५ प्रतिशतले घटेको छ। मह सिकारीहरूले विगतको तुलनामा निकै कम मह सङ्कलन भएको बताएका छन्। अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले गत वर्ष एक हजार लिटर मह निकालेकोमा यसपालि जम्मा २०० लिटर मात्र भएको बताए। उनको टोलीले स्वाँत नजिकको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो।

हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षातले मौरी चरन क्षेत्रमा जान नसक्दा गोलाको मह खाएकाले उत्पादन घटेको पाइजाले बताए। म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा जेठमा भिरपहरामा मह सिकार गर्ने चलन छ।

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्तमा बेँसी र शरद्मा लेकमा मह सिकार गरिन्छ । धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले गत वर्ष दुई हजार लिटर मह निकालेकोमा यस वर्ष ५०० लिटर मात्र निकाल्यो।

धौलागिरिको गुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूर्णको हिस्तानका भिरमा मह सिकार गर्ने टोलीहरूले पनि उत्पादन घटेको बताए। खोल्सानजिकको ओसिलो अक्करे पहाडको बीचमा भिरमौरीको वास हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहारा हो। हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढेसँगै माथिल्लो क्षेत्रमा बसाइँ सर्छन्।

डोरीको सहायताले जोखिमपूर्ण भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० रुपैयाँमा बिक्री हुन्छ । स्वादिलो, स्वास्थ्यवर्द्धक र शक्तिवर्द्धक मानिने भिरमह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ।

विदेश र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजान्छन्। भिरमौरीको गोला काट्न मह सिकारी डोरी (पराङ) मा झुन्डिन्छन् । मह निकाल्न भिरको माथि र तल दुई समूहमा सिकारी बाँडिन्छन्। माथिबाट डोरी झुन्ड्याउने र तलबाट मह थाप्ने काम हुन्छ ।

महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाएपछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्न विशेष सावधानी चाहिन्छ। पराङमा गएका सिकारीले गोलामा धुवाँ झोस्दा मौरीले टोक्ने डरले अन्य सिकारी रूख र ओडारमा लुक्छन्। मौरी भागेपछि मात्र सिकारीले मह निकाल्न सजिलो हुन्छ। मुख्य सिकारीले हतियारले मह निकालेर डोरीको सहायताले भुइँमा ल्याउँछन्।

प्रकाशित: २०८२ जेठ ३१ गते शनिवार ०८:५८
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना