काठमाडौँ। भारतीय राजदूतावासले नेपाललाई ४० वटा एम्बुलेन्स सहयोग गरेको छ।
राजदुतावासले नेपालमा स्वास्थ्य क्षेत्रसंग काम गर्ने विभिन्न संस्थाहरुलाई एम्बुलेन्स सहयोग गरेको जनाएको हो।
४० एम्बुलेन्स मध्ये २२ वटा काठमाडौँ केदि्त हस्तान्तरण गरिएको छ भने बाँकी एम्बुलेन्स आबश्यकता अनुसार विभिन्न प्रदेशमा हस्तान्तरण गरिने बताइएको छ।
भारत सरकारले तीन दशकभन्दा बढी समयदेखि नेपाललाई एम्बुलेन्स र स्कुल बसहरु उपहार स्वरुप प्रदान गर्दै आएको छ।
सन् १९९४ यता भारतले नेपाललाई १ हजार ४९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस सहयोग गरिसकेको छ।


