राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ।
सभामुख देवराज घिमिरेले उनीहरूको विरोध हुँदाहुँदै पनि बैठक अघि बढाएका हुन्।
रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन्। राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन्।


