२०८३ कार्तिक २६ गते बुधबार

नेपालका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
durbal

काठमाडौँ- नेपालमा पहिलो पटक सन् २०२४ मा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दर्बलता रहेको पाइएको छ। नेपालका सातवटै प्रदेशहरू र तीनवटै भौगोलिक क्षेत्रहरू समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाहरूका तीन हजार तीन सय ८२ जना विवाहित महिला र पुरुषहरूमा गरिएको यो अध्ययनले अहिलेसम्म लुकेको र भित्र भित्र भयावह रुपमा रहेको यो गम्भीर विषयलाई उजागर गरेको छ।

स्थानीय एकीकत विकास समाज नेपाल ९सोलिड नेपाल० ले परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, सयुक्त राष्ट्र संघीय जनसंख्या कोष लगायतका संस्थाहरूको सहयोगमा अध्ययन गरिएको थियो। सन् २०२४ मा गरेको यौन दुर्बलता सम्बन्धी राष्ट्रिय सर्वेक्षणको नतिजा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेलले सार्वजनिक गरे। अनुसन्धानकर्ता डा खेम बहादुर कार्कीका अनुसार यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको देखिन्छ।

विश्वमा सरदर आधा जति मानिसहरू नाै महिनामा चारसय ९५ र पुरुषमा चार हजार तीन सय ५० ले कुनै न कुनै प्रकारको यौन दुर्बलताको अनुभव गरेको तथ्यांक रहेको छ। यसमध्ये एशियाली देशका नागरिकहरूमा यो दर झन धेरै रहेको देखिन्छ। सन् २०११ मा प्रकाशित अनुसन्धानमुलक लेखका अनुसार मलेसियाका पुरुषहरूमा २७. ६९ प्रतिशतसम्म, सिंगापुरका पुरुषहरूमा ५१. ७३ प्रतिशतसम्म र हङकङका पुरुषहरूमा ६४ प्रतिशत सम्ममा लिंग उत्तेजित नहुने समस्या देखाइएको छ। यसैगरी सिंगापुरका ५६ प्रतिशत महिलाहरूमा यौन दुर्बलता रहेको तथ्यांक पाइन्छ।

नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुष मध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूको गम्भीर दुर्वलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ। यौन दुर्बलता भएका मध्ये करिव ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टी प्राप्त गर्न नसकेको बताएका छन्। त्यसै गरी ९२ प्रतिशत महिला, पुरुषले यौन चाहाना नै नहुने बताएका छन्। यसले उनीहरूको जीवन तनावपुर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत गर्दछ।

यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उतेजना नै नहने हुन्छ भने ८६ प्रतिशतमा योनि सुख्खा हुने समस्या छ। करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्ने गरेको अध्ययनले देखाएको डा.कार्कीले बताए।

प्रकाशित: २०८२ असार २ गते सोमबार ०१:५०
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना