काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आधा घण्टाका लागि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए।
उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन्।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन्।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए।
घिमिरेले रास्वपाका सांसदहरूले लगाएको ‘नीलो रिबन (स्कार्फ)’का विषयमा उनले प्रश्न उठाएका थिए।
प्रमुख सचेतक घिमिरेले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्ने गरी बैठक स्थगित गरेका छन्।
घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० लाई कोट गर्दै रास्वपा सांसदको क्रियाकलापलाई अभद्र व्यवहारको संज्ञा दिँदै उनीहरूको क्रियाकलाप रोक्न आदेश दिन सभामुखसँग माग गरेका थिए।
सभामुखले चेतावनी/निर्देशन दिँदा पनि अटेर गरे सम्बन्धित सांसदलाई बैठक कक्षबाट निष्काशन गर्न सक्ने व्यवस्था नियमावलीमा छ।
नियम ३१ मा (२) मा सभामुखको आदेश पाएपछि पनि बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने व्यवस्था छ।
बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ। यसरी निकालिएको सूचना सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनुपर्नेछ।


