काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा रातको समयमा सवारी साधन चलाउन निषेध गरिएको छ।
शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठक १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको हो।
बाढीपहिरोको जोखिमका कारण रातको समयमा राजमार्गमा यात्रु बोक्ने सवारी चलाउन निषेध गरिएको हो। यो निर्णय मानिस बोक्ने निजी गाडीका हकमा पनि लागू हुनेछ।
यो निर्णय शनिवारदेखि नै लागू हुनेछ। काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्डमा बढी जोखिम छ।


