काठमाडौँ- एक सय रुपैयाँमा घरमा नै बसीबसी अब नयाँ कम्पनी दर्ता गर्न सकिने भएको छ।
रु एक सय रुपैयाँ शुल्कमा अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने अर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट भाषण गर्दै उल्लेख गरेका हुन्।
यसरी कम्पनी दर्ता हुँदा अधिकृत पुँजी एक सय रुपैयाँ पनि राख्न सकिने गरी व्यवस्था गर्ने समेत उनले घोषणा गरेका हुन्।


