२०८३ कार्तिक १३ गते बिहिबार

मिस नेपालको आवेदन खुल्यो, भदौ १४ गते फिनाले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
miss nepal (3)

काठमाडौँ- द हिडेन ट्रेजरले मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला गरेको छ।

यसका लागि देश-विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ। आवेदन दिने अन्तिम म्याद २०८२ आषाढ २६ गते सम्म हुनेछ।

मिस नेपाल २०२५ को भव्य फिनाले भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज् कन्भेन्सन सेन्टरमा सम्पन्न हुने तय गरिएको छ। फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षको बिचमा हुनुपर्नेछ। आवेदकले नेपाली नागरिकता लिनु अनिवार्य छ। दर्ता निःशुल्क भने रहेको छ।

यस वर्षको प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछ- मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मोको लागि छानिने छन्।

मिस कोस्मो इन्टरनेशनल, जुन एक विश्व प्रसिद्ध प्रतियोगिता हो, यसमा नेपालले पहिलो पटक सहभागिता जनाउनेछ। मिस कोस्मो इन्टरनेशनल तथा वर्तमान मिस कस्मो २०२४ पनि मिस नेपाल २०२५ को फाइनलको समयमा यहाँ उपस्थित रहने अपेक्षा गरिएको छ।

मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिनेछ, जसमा विर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन्। यसै अवधिमा काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिनेछ। अन्तिम अडिसन आषाढ २८ गते काठमाडौंमा हुनेछ। छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेको तयारीका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्।

यसअघिका विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सराहनीय प्रदर्शनपश्चात् स्वदेश फर्किएका छन्। मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावतले २०२४ नोभेम्बर १२ मा टोकियो जापानमा आयोजित मिस इन्टरनेशनलमा भाग लिइन्।

मिस नेपाल अर्थ २०२४ सुमना केसीले नोभेम्बर ९ मा मनीला, फिलिपिन्समा सम्पन्न मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउँदै सस्टेनेबल ड्रेस विधामा उपाधि जितिन्।

यस्तै, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानले २०२५ मे ३१ मा हैदराबाद, भारतमा सम्पन्न ७२ औँ मिस वर्ल्डमा सहभागी भएकी थिइन्।

तस्बिरहरू

प्रकाशित: २०८२ असार १० गते मङ्गलबार ०५:३०
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना