२०८३ कार्तिक २६ गते बुधबार

रित्ता कक्षाकोठा रुँगेर दिन विताउँछन् गाउँका शिक्षकहरू

 |  सन्तोष गौतम
Sanket

सन्तोष गौतम

काठमाडौँ, असार १३
school_e-1657763998

म्याग्दी- विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिक सत्र २०८२ देखि बन्द भए।

शैक्षिक सत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विसं २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ। कक्षा १२ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ रत्नेचौरको भानु माविमा कक्षा ११ र बालकक्षासहित शैक्षिक सत्र २०८२ को विद्यार्थी सङ्ख्या ४८ जना छ। प्रधानाध्यापक दिनेश बोगटीका अनुसार कक्षा १ र ३ मा विद्यार्थी सङ्ख्या शून्य छ।

कक्षा ४ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ लामगरामा रहेको युवावर्ष आधारभूत विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुुन आउने विद्यार्थीको सङ्ख्या शून्य छ। चार शिक्षक र कर्मचारी भएको उक्त विद्यालयको बाल कक्षामा चार र कक्षा १ मा तीन जना विद्यार्थी छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाका अनुसार २०४१ सालमा स्थापना भएको युवावर्ष आधारभूतमा दशक अघिसम्म एक सय जनासम्म विद्यार्थी हुन्थे।

बेनी नगरपालिका–२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ। दुई जना दरबन्दीका शिक्षक, एक–एक जना बाल विकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ। कक्षा ३ सम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन्।

बाल कक्षामा दुई, कक्षा १ र ३ मा एक–एक जना विद्यार्थी छन्। प्रअ सरस्वती नेपालीका अनुसार २०८० सालसम्म ७ कक्षासम्मको पठनपाठन भएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ जना थियो। गत शैक्षिक सत्र २०८१ को सुरुमा २२ विद्यार्थी भएको विद्यालयमा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरे।

भानु मावि, युवावर्ष, हंशबाहिनी, जगन्नाथ र ओखले आधारभूत विद्यार्थी अभावको समस्या झेलिरहेका बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका विद्यालयका उदाहरण हुन्। सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनी बजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बर्सेनि घट्दो छ।

जन्मदर घट्नु, बसाइँसराइ बढ्नु, सडक यातायातको सुविधासँगै निजी विद्यालयले गाउँगाउँमा गाडी पठाएर विद्यार्थी ओसार्नु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु, निजी विद्यालय र अङ्ग्रेजी माध्यमप्रतिको मोह, सामुदायिक विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, शिक्षक जिम्मेवार नबन्नु र अगुवा तथा समाजको बेवास्ताका कारण सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताए।

बेनी नगरपालिकामा ११ वटा संस्थागत र ५३ वटा सामुदायिक विद्यालय छन्। शैक्षिक अभिलेख प्रणालीको तथ्याङ्कअनुसार बेनीका विद्यालयमा पछिल्लो तीन वर्षयता भर्ना हुने विद्यार्थीको सङ्ख्या घट्दो छ। शैक्षिक सत्र २०८० मा १० हजार ८२५ विद्यार्थी रहेकामा शैक्षिक सत्र २०८१ मा यो सङ्ख्या घटेर १० हजार ५५० मा झर्‍यो। शैक्षिक सत्र सुरु भएको करिब तीन महिनामा बेनीका विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या सात हजार ८२८ रहेको बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो। बाल कक्षामा स–साना उमेरका बालबालिकालाई अक्षर चिनाउन र बानी पार्न ल्याउने अभिभावकले अक्षर चिन्न थालेपछि निजी विद्यालय र अन्यत्र लैजाने गरेको गुनासो शिक्षकहरूले गरेका छन्।

“दुःख गरेर अक्षर चिन्ने बनाएपछि अभिभावकले निजी विद्यालय र अन्यत्र बच्चा लगिदिँदा मन खिन्न हुन्छ”, भानु माविका प्रअ दिनेश बोगटीले भने, “सामुदायिक विद्यालय पढ्ने अधिकांश विपन्न र दलित समुदायका छन्।” उक्त विद्यालय बेनी नगरपालिकाको सबैभन्दा थोरै विद्यार्थी भएको मावि हो। जहाँ हाल दलित समुदायका १९, ब्राह्मण क्षेत्रीका आठ र जनजातिका ११ विद्यार्थी छन्। बेनी नगरपालिकामा रहेका अन्य सामुदायिक विद्यालयको जातिगत विद्यार्थी सङ्ख्या भानु माविको जस्तै छ।

सदरमुकाम बेनीबजारमा रहेको प्रकाश माविमा सबैभन्दा बढी सात सय ३२ जना विद्यार्थी छन्। त्यसपछिको बढी विद्यार्थी बेनी सामुदायिकमा छ सय ३७ जना छन्। बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत संस्कृत मावि र वडा नं ५ भिरमुनिको पौलत्स्य मावि पनि एक सय जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका माध्यमिक विद्यालय हुन्।

जिल्लाभरका विद्यार्थीले पढ्ने प्रकाश र बेनी सामुदायिक माविको मावि तहको तुलनामा आधारभूत १–५ तहमा विद्यार्थी सङ्ख्या कम छ। कक्षा ७–८ सम्म निजी विद्यालय पढाउने र ९–१० पढाउन सामुदायिकमा ल्याउने चलन रहेको प्रकाश माविका प्रअ लेखबहादुर हमालको भनाइ छ।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकसँग निरन्तर अन्तरक्रिया गर्ने, पोसाक, सरकारले दिनेबाहेक पनि विभिन्न विधामा छात्रवृत्ति, पोसाक उपलब्ध गराएर आकर्षित गर्ने प्रयास गरेका सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्।

सामुदायिक विद्यालयका सुविधायुक्त कक्षाकोठा खाली छन्। खेलमैदान सुनसान छन्। शिक्षकहरूले रित्ता कक्षाकोठा रुँगेर बसेका छन्। बेनी नगर कार्यपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडा नं ९ का अध्यक्ष चक्र केसीले समुदाय, अभिभावक र विद्यालयबिचको बढ्दो दूरी नै सामुदायिक विद्यालयको शैक्षिक सुधारको चुनौती बनेको बताए।

“शिक्षकहरूलाई जिम्मेवार बनाउन यस वर्षदेखि १६ वटै माविमा विद्युतीय हाजिरी सुरु गरेका छौँ”, उनले भने, “जनप्रतिनिधि, सरकारी सुविधा लिने कर्मचारी र शिक्षकहरूका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने गत वर्ष कार्यपालिकाले गरेको निर्णय आंशिक मात्र कार्यान्वयन भएको छ।” उक्त निर्णयपछि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले न्यूवेष्ट प्वाइन्ट आवासीय माविमा पढ्दै आएकी छोरी प्रशन्ना पौडेललाई बेनी सामुदायिकमा भर्ना गरेका थिए।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी घट्दो जनसङ्ख्या वृद्धिदर र बढ्दो बसाइँसराइको दरसँगै सामुदायिक विद्यालयको तह समायोजन, शिक्षक व्यवस्थापनको काम थालिएको बताए। “स्तरीय यातायातको सुविधासँगै कक्षा ११, १२ पढ्नका लागि गाउँबाट सदरमुकाम बेनीका विद्यालयमा आउने विद्यार्थी पोखरा–काठमाडाैँ जान थालेका छन्”, उनले भने, “शैक्षिक सत्रको सुरुमा भएको शिक्षक आन्दोलनका कारण कतिपय अभिभावकले बेनी बाहिर आफ्ना बालबालिका लैजाँदा विद्यार्थी सङ्ख्या घटेको हो।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएर विद्यार्थीलाई आकर्षित गर्नु र समाज तथा अभिभावकको विश्वास जित्नुको विकल्प नरहेको नगरप्रमुख केसीले बताए। तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षकलाई पुरस्कृत गर्नेदेखि माध्यमिक तहका विद्यार्थीलाई व्यावहारिक सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौँ’ मार्फत विभिन्न तालिम सञ्चालन गरिएको उनले बताए।

कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो। तह समायोजन भएका विद्यालयका शिक्षकलाई बढी विद्यार्थी सङ्ख्या भएको नजिकको विद्यालयमा व्यवस्थापन गरिएको छ। विद्यार्थी सङ्ख्या बढेपछि विद्यालय पुनः स्थापना र शिक्षक व्यवस्थापन गर्ने नीति लिएको नगरप्रमुख केसीले बताए। गत वर्ष तह घटुवा भएको बेनी नगरपालिका–५ को सेतोढुङ्गा आधारभूत विद्यालयमा यो वर्ष विद्यार्थी सङ्ख्या बढेकाले शिक्षक थप गर्न लागिएको नगरपालिकाले जनाएको छ।

सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शिक्षकलाई जिम्मेवार बनाउने, क्षमता विकास, प्रोत्साहन, शिक्षण विधिमा प्रविधिको प्रयोग र विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकमा जागरण ल्याउने, समुदाय र अभिभावकको सुझावका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधार्न आवश्यक देखिन्छ। आवासीय विद्यालय सञ्चालन र विद्यालय समायोजन पनि थप विकल्प हुनसक्ने सरोकारवाला बताउँछन्।

प्रकाशित: २०८२ असार १३ गते शुक्रबार ०९:२६
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना