२०८३ कार्तिक १६ गते आईतबार

यी हुन् कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले छलफल गर्ने एजेण्डा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १६
congress_karyasampadan (2)

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान भएको हो।

आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको पहिलो एजेण्डाका रूपमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गर्ने राखिएको छ। यो अभियानमा कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा खटाएको थियो।

उनीहरूले जिल्ला जिल्लामा पुगेर ल्याएको पार्टीको वास्तविक अवस्थासम्बन्धी प्रतिवेदन केन्द्रीय समितिमा छलफल गरी पारित गरेर त्यही अनुसार पार्टीले आगामी दिनका लागि साङ्गठनिक रणनीति बनाउने मुख्यसचिव पौडेलले जानकारी दिए।

बैठकको दोस्रो एजेण्डा भ्रातृसंस्थाको तदर्थ समितिबारे राखिएको छ । कांग्रेसका ७ भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो। ती भ्रातृसंस्थाको म्याद अन्तिम पटकका लागि थप्ने तयारी छ। अन्तिम पटक थपिएको समयमा पनि महाधिवेशन नभए स्वतः भङ्ग गर्ने सहमति कांग्रेसमा बनिसकेको छ।

अब भ्रातृसंस्थामा समितिहरूलाई महाधिवेशन गर्न नदिने, पार्टीले भ्रातृसंस्थाको महाधिवेशन गर्न बनाएको निर्देशन समितिलाई महाधिवेशन गर्ने कार्यतालिका पेस गर्न भनिएको छ । त्यो कार्यतालिका अनुसार पार्टीका तल्ला तहले अधिवेशन गर्नेछन्। केन्द्रले केन्द्रीय महाधिवेशन गरिदिनेछ।

तेस्रो एजेण्डा क्रियाशील सदस्यताको नवीकरणबारे राखिएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ। त्यो समयसम्म नवीकरण सक्ने र नयाँ कसरी बाँड्ने भन्नेबारे पार्टीले रणनीति बनाउनेछ।

चौथो एजेण्डा जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषयमा बैठकमा छलफल गर्ने भन्ने एजेण्डा तय गरिएको छ। पहिला जनसम्पर्क समितिमा साधारण सदस्यता मात्रै दिने गरिएकोमा अब क्रियाशील सदस्यता पनि दिने सुरुवात गर्ने विषयबारे विधान परिमार्जनको प्रस्ताव बैठकमा लगिनेछ।

पाँचौँ एजेण्डाका रूपमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ। अन्तिम एजेण्डाका रूपमा समसामयिक राजनीति राखिएको छ।

प्रकाशित: २०८२ असार १६ गते सोमबार ०७:५८
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना