२०८३ कार्तिक १६ गते आईतबार

केन्द्रीय समितिमा शेखरका प्रश्नैप्रश्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १६
shekhar

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले  विभिन्न विषयमा सभापति शेरबहादुर देउवा र सिंगो पदाधिकारीहरूलाई प्रश्नहरु राखेका छन्।

नेता कोइरालाको सचिवालयले पठाएको प्रेस नोट अनुसार उनले केन्द्रिय समितिमा राखेको प्रश्न र राय यस्तो छः

आदरणीय सभापतिज्यू,

पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू।

सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकि भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नु भएकोमा। म सुरूदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ। म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाइदिनुहोला।

हामी अहिले महाधिवेशनको वर्षमा छौं। २०८२ सालको मंसिर महिनामै १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु। यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्‌दो जबाफ दिनुपर्यो।

पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ।

गठबन्धन;
२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं। अहिले एमालेसँग सरकारमा छौं। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो? कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ। के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो? सभापतिज्युले यसको चितबुझ्ने जबाफ दिनुपर्छ।

अनुशासन समितिः
१. अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ। के आधारमा त्यो कुरा गरियो? सभापतिज्यू यसको जबाफ चाहियो।

२. म आज धेरै सोचेर भन्दैछु। अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्छ। अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ। तपाईँका विरूद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू। यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन। एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ। कारबाहीमा किन विभेद?

३. पर्सा– १ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो। गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो। कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो। उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो। गठबन्धनका नाममा आफ्‌नो बलियो सिट किन अरुलाई दिइयो।

उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन। मधेस प्रदेशमा उपनिर्वाचन लगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो। आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेस प्रदेश सरकारमा कांग्रेस कहाँनिर छ? यसको पनि जबाफ चाहियो।

४. २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो। फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ति आयो। यो कस्तो राजनीति थियो?

५. अनुशासन समितिको संयोजकले आफूखुसी व्यक्तिगत रुपमा चिठी पठाउनुभएको छ, त्यो अधिकार उहाँलाई कसले दियो? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन? यसको जबाफ कसले दिने हो, चित्त बुझ्ने जबाफ चाहियो।

६. विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो? सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन।

७. सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाइएको छैन? यो घट्नाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्‌नुभएको छ?

८. निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरियो अहिले अनुशासन कारवाहीको कैंची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिंदैछ। पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔं र रुख चिह्नको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो। उहाँहरु सबैलाई एकपटकलाई माफी दिउँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु।

९. २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको वि.पी.कोइरालाको सालिक अनावरण कार्यक्रममा जानु हुँदा पार्टीका केन्द्रीय सदस्य साथीहरूले नै कार्यक्रम बहिष्कार गर्नुभयो। २०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा विपी कोइरालाको सालिक अनावरणमा मलाई बोलाइयो । म प्रमुख अतिथी भएर गएको कार्यक्रममा मेरै समूहका पूर्वमन्त्रीदेखि जिल्लाका सिनिएर साथीहरूले मलाई रोक्ने प्रयास गर्नुभयो, कार्यक्रमभन्दा ठिक पहिले उहाँहरूलाई भेटेर विपीको सालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ। तर पनि उहाँहरूले कार्यक्रम बहिष्कार गर्नुभयो। वि.पी कोइरालाको सालिक अनावरण अवरोध गर्नेहरूलाई अनुशासन लाग्ने कि नलाग्ने? ती साथीहरू कस्ता कांग्रेसी? सही कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन।

भातृ संस्थाबारेः
१. नेविसंघ, तरूण दल, महिला संघबारे सभापतिज्यूको घरमा भएको बैठकमा मैले प्रष्ट रुपले भनेको थिएँ- अहिलेको ठूलो समितिले अधिवेशन गर्नै सक्दैन, त्यसैले पार्टीले जिम्मा लिएर अधिवेशन गराऔँ। नेविसंघ निर्देशक समितिको बैठकमा मैले समयावधि थप्न समर्थन गरेको भन्ने कुरा पदाधिकारीले भन्नु भएछ। म अहिले पनि भन्दैछु, जति समय थप्नुस्, अधिवेशन हुन्छ भन्नेमा मलाई विश्वास छैन। तरुण दलका साथीहरू अनसनमा हुनुहुन्छ। नेविसंघको प्रदर्शन भैरहेको छ। यसलाई सम्बोधन गरौँ।

२. नेविसंघ र तरुण दलभन्दा महिला संघ फरक छ। महिला संघ र पार्टीको विधान एकै प्रकारको भएकाले महिला संघको पुरानो सदस्यता नवीकरण नभएसम्म अधिवेशन सम्भव छैन। २० जना केन्द्रीय सदस्यले राजीनामा दिएको अवस्था र पुरानो सदस्यता नवीकरण नभएको अवस्थामा महिला संघको अधिवेशन हुनै सक्दैन। इलाममा महिला संघको कार्यक्रममा पुरुषहरूले महिलामाथि हातपात गरेका छन्। त्यसमा पार्टी सभापतिज्यूको ध्यान जाओस्।

३. नेपाल दलित संघको ४२ जिल्ला विघटन गरिएको सुन्नमा आएको छ। अधिवेशनमा जाने कि विघटन गर्ने? जिल्ला विघटनको अधिकार दलित संघको अध्यक्षलाई कसले दियो? यसको जबाफ चाहियो। मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ। सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।

प्रकाशित: २०८२ असार १६ गते सोमबार ०६:४१
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना