काठमाडौँ- सरकारले सहरी विकास मन्त्रालयको बजेट झन्डै दुई गुणाले वृद्धि गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सहरीका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो। यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।


