२०८३ कार्तिक २६ गते बुधबार

प्रदेशहरुको बजेट अस्तव्यस्त देखियो, पार्टीले छानबिन गर्नुपर्छ : आङ्गेलु शेर्पा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
aangelu

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरूले ल्याएको बजेटका विषयमा आपत्ति जनाएका छन्।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशको बजेटले पार्टीका नेता तथा कार्यकर्ताको मनोबल घटाएको टिप्पणी गरेका हुन्।

शेर्पाले जनातालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरू असफल भएको दाबी गर्दै यसले संघीयतामाथि प्रश्न उठाउनेहरुको मनोबल बढाउने दाबी गरे।

प्रदेशले ल्याएको बजेट जस्ताको तस्तै कार्यान्वनमा आए आर्थिक विचलन र अनियमितताको खतरा बढ्ने औंल्याए। प्रदेशहरुको बजेटमाथि छानबिन गर्न पार्टीले उच्चस्तरीय छनबिन समिति बनाउन माग गरे।

कांग्रेसकै नेतासमेत रहेका बागमती प्रदेशका अर्थमन्त्री कुन्दन काफ्लेले हुँदै नभएको वडा खडा गरेर हेटौँडालाई बजेट विनियोजन गरेका थिए। यस्तै गण्डकी प्रदेशका कार्यक्रम पनि उनले बजेटमा घुसाइदिएका थिए। यो विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेपनि काफ्लेले कुनै प्रतिक्रिया दिएका छैनन्।

संसदभित्र भइरहेका गतिविधिमाथिसमेत शेर्पाले प्रश्न उठाए। सांसदहरुले जथाभावी बोल्दा संसद् आफैँ विकृति र विसंगतिको थलो बन्न थालेकोले छनबिन समिति बनाउन पनि पार्टीले पहल गर्नुपर्ने माग गरे।

पार्टीका भातृ संस्थाहरुको गठन र विघटनमा अल्झिन नहुने उनको भनाइ छ।

माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागि मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चीनसँग पहल थाल्न उनले सुझाव दिए।

पर्यटन र हिमाल आरोहनमा संलग्न मजदुरका हितका लागि हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिसत छुट्याउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २०८२ असार २० गते शुक्रबार ०८:३५
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना