२०८३ कार्तिक १६ गते आईतबार

केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलद्वारा गलत कार्यमा नफस्न चेतावनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
515492122_24045960238356786_4024799346086440693_n

काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेता किरण राज शर्मा पौडेलले तीनै तहका सरकारमा बसेका कांग्रेसका नेताहरूको कार्यसम्पादनको मूल्यांकन उच्चस्तरीय राजनीतिक संयन्त्रले गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत जनताले सरकारको कामबारे जानकारी लिइरहेको उल्लेख गर्दै मन्त्री, सांसद, मेयर वा अन्य जनप्रतिनिधिलाई बिचौलियाको लहै लहैमा लागेर गलत कार्यमा नफस्न र सजग भएर काम गर्न आग्रह गरे।

“सामाजिक सञ्जालले सबै कुरा उजागर गर्छ, त्यसैले पारदर्शी र जिम्मेवार भएर काम गर्नुपर्छ” बैठकमा बोल्दै उनले भने।

दलका तर्फबाट जनसम्पर्क समिति समन्वय विभागका प्रमुख समेत रहेका पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले आगामी २०८३ मंसिरमा हुने १५औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याए।

नेता पौडेलले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल केवल तीनवटाको म्याद बाँकी रहेको र १४औँ महाधिवेशनमा २९ समितिले सहभागिता जनाएको जानकारी दिए। उनले अधिवेशनका लागि निम्न कार्यतालिका प्रस्ताव गरेका छन्: सदस्यता वितरण: २०८२ असोज १७ देखि मंसिर १४ सम्म (नयाँ वितरण र पुराना नवीकरण)। अधिवेशनको मिति: २०८२ असोज १९ भित्र मिति तय गरी केन्द्रीय कार्यालयमा बुझाउने। असोजदेखि ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने। उनले अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठनको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि विधानको मस्यौदा तयार भएको जानकारी केन्द्रीय कार्यसमितिलाई गराए।

नेपाली कांग्रेसको जनसम्पर्क समिति, जुन १९७६ जुन १३ मा बीपी कोइरालाले भारतको मुम्बईमा स्थापना गरेका थिए। हाल आफ्नो ५०औँ वर्षगाँठ (स्वर्ण महोत्सव) मनाइरहेको छ। समन्वय विभागले यो महोत्सवलाई विश्वव्यापी रूपमा मनाउन विभिन्न देशका जनसम्पर्क समितिहरूलाई आह्वान गरेको छ। भारतको बैंग्लोर, हैदरावाद, मुम्बई, भोपाललगायतका स्थानमा कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । पौडेलले भारतमा नेपालीहरूको बाक्लो उपस्थिति र सम्पर्कलाई मध्यनजर गर्दै स्वर्ण महोत्सवलाई भारतमा विशेष रूपमा केन्द्रित गर्न प्रस्ताव राखेका छन्।

जनसम्पर्क समन्वय विभागका प्रमुखको हैसियतले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै आएका पौडेलले इजरायल–प्यालेस्टाइन युद्धका क्रममा नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पूर्व र वर्तमान परराष्ट्रमन्त्रीले गरेको पहलको प्रशंसा गरे। मध्यपूर्वको अशान्तिमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले गरेको कामको पनि उनले सराहना गरे। अमेरिकाको डालास र क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना भएपछि विदेशमा बस्ने नेपालीलाई सेवा प्राप्तिमा सहज भएको उनको भनाइ छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) मा देखिएको विग्रहलाई समाधान गर्न सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहयोगमा गत मे ३–४ मा काठमाडौंमा एकताको महाधिवेशन सम्पन्न भएको पौडेलले बताए । यो महाधिवेशनले एनआरएनएलाई सही दिशामा ल्याएको भए पनि अझै धेरै काम बाँकी रहेको भन्दै उनले नेतृत्वलाई सचेत गराए।

प्रकाशित: २०८२ असार २१ गते शनिवार ०८:१७
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना