काठमाडौँ- राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेट गरेकी छन्।
बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई निवासमा बोलाएर उनले कुराकानी गरेकी हुन्।
बालेन निकट स्रोतका अनुसार विद्याले बोलाएपछि बालेन भण्डारीको निजी निवास भंगाल पुगेका थिए।
भेटवार्ताका क्रममा एमाले नेतृ भण्डारीले काठमाडौँ महानगरपालिकाका गतिविधिबारे चासो राखेकी थिइन्। आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधेकी थिइन्।


