२०८३ असोज १८ गते आईतबार

सहकारीको ३८ अर्ब ४२ करोड हिनामिनामा ३ अर्ब ७१ करोड फिर्ता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
sahakari_guhar-8

काठमाडौँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ६१ हजार ९४ सहकारीका बचतकर्ताले ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार बचत हिनामिनाको उजुरी दिएका छन्। तर समितिले हालसम्म जम्मा ३ अर्ब ७१ करोड ६६ लाख पाँच हजार रुपैंया मात्र फिर्ता तथा हिसाब मिलान गरेको छ।

सहकारीको सिद्धान्त, मर्म र उद्देश्य विपरीत बचतकर्ताको बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिले लिँदै आएको छ। समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको भन्दै समितिमा परेको उजुरीमध्ये अझैँ ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार फिर्ता गर्न बाँकी छ।

समितिले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि तीन वटा सहकारीको मात्र रकम फिर्ता र हिसाब राफसाफ गरिरहेको छ।

समितिका अनुसार गत कात्तिकदेखि असार १५ सम्म सङ्कलित २९ करोड ८२ लाख आठ हजार १२८ सहकारीका ५६ हजार १०६ जना बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरेको छ। सङ्कलित रकम बचतकर्ताको बचतको तुलनामा ४१ देखि ५७ प्रतिशत मात्रै भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

समितिको हालसम्मको अध्ययनबाट बचतकर्ताको अपचलन भएको शतप्रतिशत रकम फिर्ता दिन सक्ने सम्भावना न्यून भएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताए। समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताका अधिकतम बचत फिर्ता गर्न हर सम्भव प्रयत्न भइरहेको उनको दाबी छ।

समितिसँग रकम अपचलन गर्ने सहकारीको स्वामित्व आफूले लिई सञ्चालकको सम्पत्ति र कारोबार रोक्का गर्ने अधिकार छ। समितिले सहकारीको ऋण असुली, सम्पत्ति बेचबिखन र सङ्कलित रकम फिर्ता गर्ने कार्यलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको सदस्य काशीचन्द्र बरालले बताए।

कुन-कुन सहकारी समस्याग्रस्त?
ओरेन्टल कोअपरेटिभ ली, स्ट्यान्डर्स सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ली, प्रभु बचत तथा ऋण सहकारी संस्था ली, सोसाइटल बचत तथा ऋण सहकारी संस्था ली, लुःनिभा बहूद्देश्यीय सहकारी संस्था ली, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ली, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था ली र तुलसी बहुमी सहकारी लिमिटेड समस्याग्रस्त सहकारीको सूचीमा सूचीकृत छन्।

हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहूद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका समेत गरी ५६ हजार १ सय ६ जनाको बचत रकम फिर्ता गर्न बाँकी छ।

प्रकाशित: २०८२ असार २३ गते सोमबार ०८:२४
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत...

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१...

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन...

एक रूपैयाँका ४० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना