२०८३ मङ्सिर ६ गते आईतबार

एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
ncell_foundation

काठमाडौं। एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरी कक्षामा फर्कन सक्नेछन्। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

बाढीले यस क्याम्पसका संरचनामा व्यापक क्षति पुर्‍याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ। अब नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा एनसेल फाउन्डेसनले नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पुर्वाधारमा सहयोग गर्नेछ। साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचर लगायत सुविधाहरू पनि उपलब्ध गराउनेछ। यसबाट विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण तयार हुने र उनीहरूको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ।

“हाम्रो क्याम्पसको कक्षा सञ्चालनका लागि अतिआवश्यक शैक्षिक पुर्वाधारहरु सहयोग गर्नुभएकोमा हामी एनसेल फाउन्डेसनप्रति धेरै आभारी छौं। यो सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै हामी नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहन्छौं,” मेयर श्रेष्ठले भने।

शिक्षा क्षेत्र एनसेल फाउन्डेसनको प्राथमिकता रहँदै आएको छ र यो पहलले समुदायसँग नजिक रहेर उनीहरूको आवश्यकताअनुसार काम गर्ने फाउन्डेसनको शैलीलाई पनि झल्काउँछ। “हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौं। यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गरेर काम गर्नुपर्छ। विदुर नगरपालिकासँगको यो सहकार्य हाम्रो पहलको सुरुवात मात्र हो। हामी स्थानीय साझेदारहरूसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसहरुको पहिचान गरी सहयोग गर्नेछौं,” एनसेल फाउन्डेसनकी निर्देशक खड्काले भनिन्।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ राहत सहयोग प्रदान गरेको थियो। यस पश्चात अब प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता भएका विद्यालय तथा विद्यार्थीहरूको सहयोगका लागि स्थानीय पालिकसँगको प्रत्यक्ष सहकार्य तथा समन्वयमा समुदायको तल्लो स्तरसम्म पुगेर काम सुरु भएको छ।

यसको कार्यान्वयन हाम्रो साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ। नगरपालिका र स्थानीय समुदायसँग मिलेर एनसेल फाउन्डेसन र कर्मयोग फाउन्डेसनले प्रभावित क्षेत्रमा आवश्यकता मूल्यांकन गर्नेछन्। यसबाट पठनपाठन पुनः सुरु गर्न र निरन्तरता दिन सहयोग आवश्यक रहेका अन्य विद्यालय तथा क्याम्पसहरू पहिचान गरिनेछ।

प्रकाशित: २०८३ मङ्सिर ६ गते आईतबार ०२:३६
प्रतिक्रिया

थप समाचार

आज २८ सयले घट्यो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौँः आज आइतबार पनि सुनको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा...

४६ वर्षपछि नेपाल फर्किंदै सांगीतिक समूह गोडाइगो, ‘नेपाल–जापान फेस्टिभल’ को तयारी पूरा

काठमाडौँ: नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आगामी मंसिर ६ गते आइतबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल २०२६’ को सम्पूर्ण तयारी...

सुस्ताएको घरजग्गा व्यवसायलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

काठमाडौं। सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका १३० विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३०...

६ दिनमा २६ हजार ३०० घट्यो सुनको मूल्य, शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँले गिरावट

मंसिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना