काठमाडौं – गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै गर्दै चेन्नाइ सुपर किङ्ग्सले पाँचौ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।
गुजरातको नरेन्द्र मोदी रंशालामा पहिलो दिन वर्षाका कारण टससमेत हुन नसकेपछि खेल स्थगित नभएको थियो। त्यसपछि सोमबार सम्पन्न खेलमा जित निकाल्दै चेन्नईले पाँचौ उपाधि जितेको हो।
खेलमा पहिले ब्याटिङ गर्दै घरेलु टिम गुजरातले २१५ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याउने क्रममा सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो।
वर्षाले प्रभावित पारेको खेललाई १५ ओभरमा झारिएको थियो। सो ओभरमा चेन्नईले १७१ रनको लक्ष्य पाएको थियो। राम्रो सुरुवात गरे पनि लगातार विकेट गुमाएको चेन्नईका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो। पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र चन्नईलाई पाँच विकेटको जित दिलाए।
यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो। गुजरातका साइ सुदर्शनले ४७ बलमा ९६ रन बनाएका थिए। तेस्रो नम्बरमा मैदान पसेका उनी अन्तिम ओभरमा आउट भएका हुन्।


