२०८३ कार्तिक १६ गते आईतबार

रवि लामिछानेतिरै सोझियो भिजिट भिसा प्रकरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
rabi_lamichhane

काठमाडौँ- भिजिट भिसामा दिनहुँ चर्को रकम घुसका रूपमा असुली हुने गरेको भन्दै छानबिन माग गरिरहेको रास्वपामाथि नै फेरि सोही प्रश्न सोझिएको छ। यही विषयलाई देखाएर जेठ १३ गतेयता निरन्तर संसदमा अवरोध गर्दै आएको रास्वपाका सभापति रवि लामिछानेमाथि नै यो प्रकरणको प्रश्न खडा भएको भएको छ।

रवि लामिछाने पनि भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता र पासपोर्ट बनाएका थिए। पछि राजनीतिमा आएर सांसद बनिसक्दा पनि उनीसँगो नेपाल र अमेरिकाको नागरिकता थियो। अझसम्म पनि उनको पासपोर्टको विषय टुंगो लागेको छैन।

यसरी पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि नै प्रश्न उठाउने काम भने हालका गृहमन्त्री रमेश लेखकले गरेका हुन्। लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भन्ने प्रश्नको उत्तर रास्वपाले दिनुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले रास्वपालाई यस्तो प्रश्न गरेका हुन्।

रास्वपा सांसद सोबिता गौतमले मंगलवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा गएका केही व्यक्ति नफर्किएको भन्दै संसदमा प्रश्न उठाएकी थिइन्। यसपछि उक्त विषयमा उत्तर दिँदै गृहमन्त्री लेखकले रविका कुरा उप्काइदिएका हुन्।

‘माननीय रवि लामिछानेजी, जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ। उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु। भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो। मैले जान्न खोजेको के हो भने उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन?’

लामिछाने भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन पनि उनले रास्वपासँग उत्तर माग गरे। ‘यदि अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन?’

गृहमन्त्री लेखकले भिजिट भिसा दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको प्रश्न पढाउन उचित नहुने धारणा राखे। ‘नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने? यति कुरा मैले आजसम्म भनेको थिइनँ। तर साथीहरु अलि गर्न नहुनेतिर लाग्नुभा छ,’ उनले भने।

बुधवारको बैठकमा एमाले सचेतक सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैलाउने काम भएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले संसदमा हेक्का राखेर बोल्न चुनौती दिँदै भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार रहेको जवाफ दिइन्। बरालले संसदमा तथ्यका आधारमा बोल्न गौतमलाई सुझाव दिइन्।

आफ्ना धारणा राखेर रास्वपा सांसदहरु बाहिरिएपछि बरालले आफ्ना कुरा राख्ने तर अरुको कुरा सुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाइन्।

मंगलवार नै सोबिताले प्रश्न उठाएपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए। ‘प्रधानमन्त्रीज्यु स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ। उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ। तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ। माननीयज्युहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ,’ बर्तौलाको भनाइ थियो। उनले आरोप लगाउने सांसदहरूलाई स्पेनमै बसेका व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती पनि दिए। ‘को व्यक्ति फर्किएनन् भन्ने कुरा जानकारी दिन म माननीयहरूलाई चुनौती दिन्छु। यस्तो भ्रम फैलाउने काम गर्नुभएन,’ उनले थपे।

के भनेकी थिइन् गौतमले?
यो सदनलाई अवगत नै छ, विगत दिन देखि यो संसदमा रास्वपा भिजिट भिसाको दुरूपयोग गरि मानव तस्करी गर्ने निकृष्ट कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित विरोधमा उभिएको छ। यो कार्य त्रिभुवन विमानस्थलभित्र मात्र हैन, विभिन्न कार्यक्रमको बहानामा नेपालीलाई लोभ प्रलोभनमा पारी लैजाने गिरोहसँग पनी जोडिएको छ। स्वयम् सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गएर नफर्किएको भन्ने लगायतका समाचार आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय अत्यन्तै गम्भीर छ।

सरकारले नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर, स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा आफु मातहतकै आफूभन्दा कनिष्ठ कर्मचारीहरू सम्मिलित एउटा सामान्य टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद छ, आपत्ति छ र हामी यस कार्यको विरोध गर्दछौँ।

हाम्रो माग हिजो पनि र आज पनि एउटै छ, नागरिक बेचिनु, कसैको गलत कार्यका कारण देशकै छवि घट्नु सामान्य विषय होइन, उच्चस्तरीय छानबिन समिति अनिवार्य बन्नुपर्छ। हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ, हामी विरोध स्वरूप आज पनि यो संसद बहिस्कार गर्दछौँ।

एमाले सांसदहरूको आपत्तिपछि सांसद गौतमले आफ्नो अभिव्यक्ति सच्याउने कोसिस गरेकी छन्। प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफूले नभनेको उनको जिकिर छ। मंगलबार आफूले संसदमा राखेको धारणालाई नबुझेर विभिन्न टीकाटिप्पणी भएको बताइन्।

प्रकाशित: २०८२ असार २५ गते बुधबार ०५:२२
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना