२०८३ कार्तिक १६ गते आईतबार

‘पर्फर्मेन्स’का आधारमा मन्त्रीको मुहार फेर्ने योजनामा प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३०
oli

काठमाडौँ- नेपाली कांग्रेससँगको मुख्य सत्ता सहकार्यका साथ चौथो पटक प्रधानमन्त्रीको बागडोर सम्हालेका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक वर्ष पुगेको छ।

ओली २०८१ असार ३० गते प्रधानमन्त्री बनेका थिए। असार ३१ गते उनले २२ सदस्सीय मन्त्रिमण्डल बनाए। त्यसबेला शिक्षामन्त्री बनेकी एमालेकी विद्या भट्टराईका ठाउँमा रघुजी पन्तआउनुबाहेक क्याबिनेट मन्त्री परिवर्तन भएका छैनन्। राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङलाई कांग्रेसले फिर्ता बोलाउनुबाहेक सरकार स्थिर नै छ।

प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले मन्त्रीहरूको एक वर्षे कार्यकालको समीक्षा गरी प्रधानमन्त्रीले केही मन्त्री परिवर्तन गर्दा उपयुक्त हुने बताएका छन्।

‘एक वर्ष भयो, ज–जसले आफ्नो परिणाम देखाउनुभयो, ज–जसले देखाउनुभएन वा सक्नुभएन, त्यो प्रधानमन्त्रीले मूल्याङ्कन गर्नुभएको होला,सत्तारुढ पार्टीमा अरु पनि सांसदहरू मन्त्री बन्न योग्य छन्। सांसद भएपछि मन्त्री हुने इच्छा अरुको पनि हुनु स्वाभाविक हो,’ उनले भने, ‘मन्त्री परिवर्तन गर्दा अहिले राम्रो पर्फर्मेन्स देखाउन नसक्नेहरूको ठाउँमा राम्रो गर्नसक्ने आउनसक्ने हुन सक्छ। नयाँले अवसर पनि पाउँछन्। त्यसकारण चेन्ज गर्नु उचित र उपयुक्त हो भन्ने मेरो बुझाइ हो तर निर्णय गर्ने कुरा प्रधानमन्त्रीकै हो।’

एक वर्ष कार्यकाल पूरा भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुको पर्फर्मेन्सको मूल्यांकन पनि गरिरहेको बालुवाटार स्रोतको भनाइ छ। त्यही पर्फर्मेन्सका आधारमा प्रधानमन्त्रीले थप निर्णय लिने कुरा प्रधानमन्त्रीकै सचिवालयका सदस्यहरुले बताउन थालेका छन्।

सरकार र मन्त्रीहरूको कामकारवाही प्रभावकारी नभएको विश्लेषण एमालेकै नेताहरूले गर्न थालेका छन्। यो काम कांग्रेसका नेताहरूले थालेको ६ महिना नाघिसकेको छ। कतिपय नेताले मन्त्रीहरूलाई फेर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिइरहेका छन्। तर ओलीले सत्तासहयात्री दल कांग्रेसका सभापतिसँग कुराकानी गरेपनि आफ्नो पार्टीमा कुनै छलफल चलाएका छैनन्।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार सरकारको एक बर्षे कार्यकाल पूरा भएपछि केही मन्त्री परिवर्तन हुन सक्छन्। तर को–को फेरिन्छन् भन्ने अहिले उनले खुलाउन अस्वीकार गरे। ‘साउन पहिलो साता पार्टीको बैठकसमेत भएकाले त्यसपछि केही निर्णय हुनसक्छ’, प्रधानमन्त्री निकट स्रोतको भनाइ छ। कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई हेरफेर गर्ने ती नेताको भनाइ छ।

हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको कार्यसम्पादन कमजोर रहेको बालुवाटार स्रोतको भनाइ छ। पर्यटनमन्त्री बद्रि पाण्डेका कामसँग पनि ओली सन्तुष्ट नभएको स्रोतकव दाबी छ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस काण्डमा मुसिएका छन्।मन्त्री गुप्ताविरुद्ध अख्तियारमा मुद्दा नै परिसकेको छ। गुप्ताले कर्मचारी सरुवा र भूमि आयोगको जिल्ला अध्यक्ष बनाउन आर्थिक लेनदेन गरेका समाचार र अडियोहरू सार्वजनिक भैसकेका छन्।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै गएका छन्। नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्न नसकेर नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सहभागिता नै अनिश्चित बन्ने अवस्थामा पुग्दा वार्ता र सहजीकरणको बाटो अपनाउनु पर्नेमा आफ्नै अडानमा बस्दा समस्याको गाँठो फुक्ने भन्दा पनि बल्झिने अवस्था सिर्जना भएको भन्दै उनको आलोचना भइरहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि आयोगमा नियुक्ति गर्नका लागि घुस डिल गरेको भनिएको अडियो संसदमा चर्चाको विषय बनेको छ।

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो।

नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न समेत गरेका छन्। दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनको भनाइ छ।

‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु कि, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्,’ उनले भने ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ। नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा आइतबार सदनमा सरकारको जवाफको मागसमेत गरेको छ।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा, माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत, माओवादी केन्द्रकी सांसद दुर्गा राई, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, सुदन किराँती,सुर्यमान तामाङ दोङलगायतले मन्त्रीले गरेको भनिएको घुस डिलको विषयमा प्रधानमन्त्रीसँगै जवाफ मागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोधेका छन्।

सोमबार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्ने माग उठिरहेको बेला प्रधानमन्त्रीले उनीसँग स्पष्टीकरण सोधेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले गुप्तालाई बोलाएर उक्त घटना के हो ? भन्नेबारेमा स्पष्टीकरण लिएका छन्। राजनीतिक नियुक्तिका विषयमा मन्त्री गुप्ताले आफ्नो मर्यादा विपरीत अर्का मन्त्रीलाई समेत लेनदेनको विषयमा उल्लेख गरेका छन्।

प्रकाशित: २०८२ असार ३० गते सोमबार ०८:१३
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना