काठमाडौँ- घुस संवाद गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन्।
गुप्ता नै मन्त्रिपरिषद् बैठकमा पुगेपछि उनका विषयमा कुनै छलफल नै भएन।
गुप्ताको राजीनामा माग गर्दै संसदमा चर्को आवाज उठेको छ। उनको घुससंवाद सामाजिक सञ्जालमा भाइरल छ।
उनका विषयमा क्याबिनेट बैठकमा कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए।
‘मन्त्रिपरिषद् बैठकमा उहाँबारे कुरा भएन। एजेन्डा पनि आएन,’ ती मन्त्रीले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए।


