२०८३ कार्तिक १५ गते शनिवार

फोनपेबाट १० लाख नाघ्यो सीमापार यूपीआई कारोबार, अग्रस्थानमा काठमाडौँ, पोखरा र कैलाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३०
fonepay

काठमाडौँ-  डिजिटल भुक्तानी सञ्जाल फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस-बोर्डर यूपीआई ट्रान्ज्याक्सनले १० लाख नाघेको छ।

यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीले जनाएको छ।

फोनपेका अनुसार भारतीय पर्यटकहरूले नेपालमा क्रस-बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ।

अझ बढी भारतीय ग्राहकहरू यूपीआई सक्षम एप्स प्रयोग गरी फोनपे क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्।

यस अन्तर्सञ्चालनीय प्रणालीको सफलताले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार कुल यूपीआई ट्रान्ज्याक्सन संख्या: १० लाख बढी, कुल यूपीआई कारोबार रकम २ अर्ब रुपैयाँ बढी, भौगोलिक पहुँच ७७ जिल्ला, व्यापारी पहुँच देशभर १ लाख बढी पुगेका छन्। त्यसैगरी शीर्ष व्यापारी वर्गहरूमा खानपिन स्थल र रेस्टुरेन्ट, किराना पसल, होटल तथा रिसोर्ट रहेको कम्पनीले जनाएको छ।

फोनपे कारोबार धेरै हुनेमा काठमाडौं, कास्की र कैलाली रहेका छन्। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले १० लाख यूपीआई कारोबार पार गर्नुलाई नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाणका रुपमा पेस गरे।

उनले भने, ‘यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति कस्तो सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ। यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।’

यूपीआई कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ बढ्दो स्वीकार्य, नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धिदर, र अन्तर्सञ्चालनीय क्यूआर भुक्तानी प्रणालीको सहजता पर्दछ। फोनपेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै गर्दा छिट्टै क्रस-बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाउँदै छ।

प्रकाशित: २०८२ असार ३० गते सोमबार ०९:३४
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना