काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वडा नं. २६ स्थित गा:हिटीको पुनर्निर्माण गरिरहेको छ। महानगरको सम्पदा तथा पर्यटन विभागअन्तर्गत पुनर्निर्माणको काम भइरहेको हो।
ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको गा:हिटी जीर्ण भएकाले पुरानै स्वरूपमा फर्काएर जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो। यो हिटीमा अझसम्म पनि पानी आइरहेको छ। काठमाडौँ उपत्यकाका थुप्रै हिटीढुंगेधाराहरू मासिँदा गा:हिटीले भने प्राण धान्दै आइरहेको छ।
ठमेल गा:हिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक महत्त्व झल्काउने इँटाको भुइँमा बिछ्याउन थालिएको छ। साथै काठको काम र रंगरोगन गरिँदैछ।
परियोजनको कुल सम्झौता रकम ७३ लाख ३३ हजार (भ्याट र ओभरहेडबाहेक) रहेको छ। २०७८ फागुन ६ गते सम्झौता भएकोमा २०८२ फागुन ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


