काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा लिप्त रहेको भन्दै सरकारविरुद्ध सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ’श्रम र उत्पादनमा वाइसिएल अभियान’ कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलनबाट प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।
उनले देश अहिले कठिन मोडमा रहेको समेत बताएका छन्।
‘अहिले देश पक्कै संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले निकै नै जटिल मोडमा छ, अहिलेको सरकार जहाँ टेक्छ त्यहीं भ्रष्टचार बाहेक केही पनि छैन’,उनले भने।


