काठमाडौँ- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले कार्यकर्ता बनेकी पूर्वराष्ट्रपतिबीच करिब दुई घण्टा छलफल भएको छ।ओली र विद्याले वानटुवान कुराकानी गरेका थिए।
पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो।
छलफलपछि बाहिरिने क्रममा दुवै नेताहरू हसमुख देखिएका थिए। एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दुई नेताबीचको छलफल सकारात्मक भएको टिप्पणी गरे। ‘२ घण्टा कुराकानी गर्नुभयो। उहाँहरू दुवैले सकारात्मक सन्देश संकेत गर्नुभएको छ,’ उनले भने।
च्यासलबाट बाहिरिनेक्रममा भण्डारीलाई पत्रकारहरूले सदस्यताको विषयमा प्रश्न सोधेका थिए। जवाफमा उनले ‘सदस्यता नवीकरण भइसक्यो। यो पुरानो विषय हो’ भनेकी थिइन्।
‘मेरो सदस्यता नवीकरणको विषयमा कुरा भएन’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयो।’
वार्तामा सहभागी नभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरल पनि सँगैसँगै भर्याङ ओर्लिएका थिए। उनीहरु पनि हसमुख नै देखिएका थिए। पनि खुसी झल्किएको देखिन्थ्यो।


