काठमाडौँ- नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा प्रो होन्डा जेन्युइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डको रुपमा भित्र्याई बिक्री–वितरण शुरु गरेको छ।
होन्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि विकसित आधुनिक र विश्वस्तरीय यो इन्जिन आयल ब्रान्डको उद्देश्य होन्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेन्युइन इन्जिन आयल सुबिधा पुर्याउनु भएको कम्पनीको भनाइ छ।
प्रो होन्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदूषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ। यसको नयाँ प्रविधिले इन्जिन भित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ।
स्याकार ट्रेडिङ कम्पनीका अनुसार, प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होन्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको बताएको छ।
प्रो होन्डा आयल विभिन्न गुणस्तरीय भेरिएन्टहरूमा उपलब्ध छन्। यसमा १०डब्लु३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होन्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १०डब्लु३० रहेका छन्।
सो नयाँ र गुणस्तरीय उत्पादनको लन्चसँगै होन्डाले नेपालका सवारी साधनधनीहरुलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहो¥याएको छ। ‘प्रो होन्डा आयल’ ले नेपाली बजारमा सवारी साधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको बिश्वास जित्ने अपेक्षा गरिएको छ।


