२०८३ कार्तिक १६ गते आईतबार

अध्यक्ष बन्न खुट्टा उचालेकी विद्याले एमालेको सदस्यता नै पाइनन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
bidya_bhandari (6)

काठमाडौँ- नेकपा (एमाले) को अध्यक्ष बन्नका लागि राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नै नपाउने एमाले केन्द्रीय कमिटीले निर्णय गरेको छ। मंगलवार सम्पन्न बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको हो।

दुई दिनसम्म च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले भण्डारीको पार्टी प्रवेशले गणतन्त्रको मर्यादा र राजनीतिक प्रभावमा प्रश्न उठ्न सक्ने भन्दै सक्रिय राजनीति प्रवेशको विपक्षमा मत राखेका थिए। असार १४ गते मदन भण्डारीको जन्मजयन्ती पारेर एमाले राजनीतिमा फर्किएको उद्घोष गरेकी विद्यालाई अन्तत: सदस्यता पनि प्राप्त नभएको हो।

‘अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकलाई नै चुनौती दिएकाले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय भयो,’ एमालेको निर्णयमा भनिएको छ ।

नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताएपछि यो विषयले नेपाली राजनीतिमा तरंग पैदा गरेको थियो। विद्यालाई राजनीतिमा ल्याउन अप्रत्यक्ष रूपमा सक्रिय भूमिका खेलेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि खेलेका थिए।

यसअघि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई माओवादी उपाध्यक्ष बनाएर प्रचण्डले विद्यालाई एमाले राजनीतिमा सक्रिय हुने आधार तयार गरेका थिए भने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उनलाई एमाले राजनीतिमा फर्कन नैतिक रूपमा समर्थन गर्ने संकेत गरेका थिए।

भण्डारीले गत मंगलबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोल्दै आफू एमालेको राजनीतिमा फर्किन लागेको र पछि नहट्ने बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘म अघि बढिसकेँ, खुट्टा कमाउदिनँ।’ आफू एमालेको राजनीति गर्ने कुरामा भयभीत नहुन पनि उनले आग्रह गरेकी छन्।

आफ्नो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिएको प्रति उनको आपत्ति छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीको प्रवक्ता बनेर जथाभावी नबोल्न चेतावनी दिएका थिए। उनले भण्डारीलाई राजनीतिमा नफर्कन पनि सुझाव दिएका छन्।

यस्तो अभिव्यक्तिपछि पार्टीभित्र उनको भूमिकालाई लिएर दुईथरी मत देखिएको थियो।एउटा पक्षले भण्डारीको अनुभव र लोकप्रियताले पार्टीलाई बलियो बनाउने तर्क गरेको थियो भने अर्को पक्षले गणतन्त्रको सर्वोच्च पदमा बसेको व्यक्ति दलगत राजनीतिमा फर्कनु उपयुक्त नहुने धारणा राखेको थियो।

पार्टीको विधानको धारा ८ र ९ को लाई आधार देखाउँदै ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र उनलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए। बैठकमा बोल्ने अधिकांश नेताहरूले गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति दलगत राजनीतिमा फर्कनु प्राविधिक विषय मात्र नभई संवैधानिक र नैतिक प्रश्न भएको तर्क राखेका थिए।

आसन्न विधान महाधिवेशन (भदौ २०–२२, २०८२) का लागि प्रतिनिधि चयनमा पनि भण्डारीलाई सहभागी नगराउने निर्णय भएको छ। नेकपा एमालेको यो निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति प्रवेशको सम्भावनालाई तत्कालका लागि बन्द गरेको छ। यो निर्णयले पार्टीभित्रको आन्तरिक गतिशीलता र गणतन्त्रको मर्यादालाई लिएर नयाँ बहसको ढोका खोलेको छ।

प्रकाशित: २०८२ साउन ७ गते बुधबार ०८:४०
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना