२०८३ कार्तिक १६ गते आईतबार

एमाले सदस्यता नपाएपछि अब के गर्लिन् विद्या?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
bidya_bhandari (5)

काठमाडौँ- नेकपा एमालेको अध्यक्ष बन्ने योजनासहित राजनीतिमा सक्रिय बनेको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सदस्यताबाट नै बञ्चित भएकी छन्। मंगलबार मध्यरातमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिकता र विगतका नजिरहरूका आधारमा भण्डारीको राजनीति पुनः प्रवेशमा प्रतिबन्ध लगाएसँगै अब भण्डारी के गर्लिन् भन्ने चासो बढेको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विद्याले आफूलाई चुनौती दिन सक्ने भयले उनको सदस्यता नै रोक्का गरिदिएका हुन्। यसका लागि ओलीले एमाले विधानको धारा ८ र ९ लाई समाएका छन्। यद्यपि यी धारमा पूर्वराष्ट्रपतिलाई एमाले सदस्यता दिन नसकिने भन्ने उल्लेख छैन।

‘उहाँले सदस्यता त्यागिसकेको अवस्था हो। उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन। त्यसैले पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ। पार्टी विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ ,’ ओलीले बैठकका निर्णयहरू सुनाउँदै भनेका थिए।

तर, पार्टीको उक्त निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापा लगाएतका नेताहरुले असहमति जनाएका छन्।

एमालेले सदस्यता नदिएपछि अब कानुनी उपचार खोज्न विद्यालाई नेताहरूले सुझाव दिएका छन्। विद्या निकट नेताहरु राजनीतिमा आउनबाट रोक्नु संवैधानिक अधिकारविरुद्ध भएको बताउँछन्।

उनीहरुले यसलाई राजनीति गर्न पाउने नैसर्गिक अधिकारलाई रोक्न खोजेको र जनताको बहुदलीय जनवाद (जबज)को विरुद्ध पनि भएको भन्दै असहमति जनाएका हुन्।

अब विद्याले एमाले केन्द्रीय कमिटी निर्णयको प्रतिवाद गर्ने स्थायी समिति सदस्य कर्ण थापाले बताए। उनका अनुसार अब विद्याले कसरी अघि बढ्ने भन्ने रणनीति बनाउनेछिन्। यसका लागि उनले सल्लाह लिने उनको भनाइ छ।

‘जे निर्णय भएको छ, शतप्रतिशत गलत भएको छ। हामी त्यसको राजनीतिक रुपमा प्रतिवाद गर्छौं,’ उनले भने।

प्रक्रियाको हिसाबले पनि अमिल्दो निर्णय भएको थापाको भनाइ छ। कुनै पनि निर्णय गर्नुछ भने पहिले बैठकको एजेण्डाको रुपमा पहिले प्रस्ताव आउनुपर्छ। तर विद्याको पार्टी सदस्यता सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत नभएको उनको भनाइ छ।

‘जुन विषय नै एजेण्डामा छैन, प्रस्तावमा आएको छैन, त्यही विषयमा निर्णय गर्‍यौं भन्नु नै गलत भयो,यदि निर्णय नै गर्नुपर्ने भए प्रक्रियामा लैजानुपर्थ्यो,’ थापाले भने।

पूर्वराष्ट्रपति भण्डारीले पनि एमाले केन्द्रीय कमिटी बैठकबाट आफूलाई पार्टी राजनीति गर्न रोक लगाउने निर्णय हुन सक्ने संकेत पाउनासाथ मंगलबार नै निजी निवासमा पत्रकारहरु भेला गरेर चुप लागेर नबस्ने बताएकी थिइन्।

आफ्नो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिएको प्रति आपत्ति जनाएकी भण्डारीले अघि बढिसकेको बताएकी थिइन्।

‘म अघि बढिसकेँ, खुट्टा कमाउदिनँ,’ उनले भनीन्। आफू एमालेको राजनीति गर्ने कुरामा भयभीत नहुन पनि उनले आग्रह गरेकी थिइन्। तर अब कसरी अघि बढ्ने भन्ने चाहिँ उनले खुलाइनन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयपछि एमाले नेता कर्णबहादुर थापाले पार्टीमा नयाँ सङ्कल्पका लागि आह्वान गरेका छन्।

उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्पका लागि आह्वान गरेका हुन्।

‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प गरौँ। स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ। हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित: २०८२ साउन ७ गते बुधबार १२:३३
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना