भक्तपुर- मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा दिदी र बहिनी मृत भेटिएका छन्।
भारतको मुम्बइबाट भागेर आएका उनीहरूको सुर्खेतका स्थायी बासिन्दा हुन्। बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए।
उनीहरूको परिवार मुम्बईमा बस्दै आएको थियो। तर उनीहरू घरमा थाहा नै नदिई भागेर आएको हुन सक्ने प्रहरीको भनाइ छ।
दुई साताअघि मात्र काठमाडौँ आइपुगेका उनीहरू स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका थिए।
भाडा बसेको घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा दुवै दिदीबहिनी फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए।
मृतकहरू सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल छन्।
प्रहरीले मृतकका बुवालाई मुम्बईबाट काठमाडौँ झिकाएको छ। उनी आइसकेपछि मात्रै घटनास्थलको मुचुल्का हुने प्रहरीले जनाएको छ।
घरधनीका अनुसार दुई साताअघि मात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए। यी दिदीबहिनीले बिहीबार बिहान रातको समयमा टिकटक बनाएका थिए।


