२०८३ कार्तिक २५ गते मङ्गलबार

पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
dhan-sukdai-ropo-1753343565

चितवन- साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन्। पानीको अभावले जमिन सुक्न थालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ।

धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइँ ढिलाइ भएको छ। खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन्।

भरतपुर महानगरपालिकाअन्तर्गत पश्चिम चितवनका क्षेत्र नारायणी लिफ्ट सिँचाइ प्रणालीमा निर्भर छन्। खगेरी खोलामा पानी सुक्न थालेपछि नारायणी लिफ्टको पानी खगेरीको नहरमा हालेर सिँचाइ गर्नुपर्ने अवस्था आएको छ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले हाल पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ। कार्यालयका प्रमुख कुलराज चालिसेले खडेरीका कारण किसानको मागअनुसार २४ घण्टा नहरमार्फत पानी छोडिएको जानकारी दिए।

उनले भने, ‘पानी परेको भए सिँचाइको माग घट्थ्यो, तर खडेरीका कारण नहर नियमित सञ्चालन गर्नुपरेको छ। नदीमा बेला-बेलामा लेदो आउँदा पम्पमा समस्या आउने गरे पनि सिँचाइ सेवा निरन्तर छ।’

प्रमुख चालिसेले खगेरी खोलामा पानी सुकेको अवस्थामा नारायणी लिफ्टको पानी खगेरीको नहरमार्फत पठाइएको बताए। ‘बी’ क्यानालको उपशाखा नहरमध्ये बीएल-६ बाट खगेरीको मूल नहरमा पानी पठाउन थालिएको उनले जानकारी दिए।

नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ। उक्त क्षेत्रमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। खगेरी सिँचाइले तीन हजार ९०० हेक्टर क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ।

‘सारदानगर, शिवनगर, पार्वतीपुर, जयनगरलगायतका क्षेत्रमा रोपाइँमा समस्या देखिएको छ,’ उनले भने, ‘खडेरीका कारण खगेरी सिँचाइअन्तर्गत हालसम्म ७० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।’

गत असार १० गतेदेखि नारायणी लिफ्टबाट सिँचाइका लागि पानी छोडिँदै आएको हो। भूमिगत सिँचाइसँग संयोजन गर्दै सतह सिँचाइ गरिएको किसानका लागि उपयोगी देखिएको उनको भनाइ छ।

नारायणी लिफ्टमा तीनवटा क्यानाल छन् ‘ए’ क्यानाल (५ सय मिटर), ‘बी’ क्यानाल (१९ किमी), र ‘सी’ क्यानाल (१६.५ किमी) रहेको छ। ‘बी’ नहर यज्ञपुरी, नारायणपुर, तोरीखेत हुँदै फूलबारीसम्म पुग्छ भने ‘सी’ नहर बसेनी, गोन्द्राङ, बन्देवी, काँडाघारी, गौरीगञ्ज क्षेत्रको सिँचाइमा प्रयोग हुँदै आएको छ। खगेरी खोलाबाट देवनगर, गीतानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुँदै आएको छ।

भरतपुर-१ मा रहेको जोरकुसुम उद्याननजिकै नारायणी नदीबाट पानी तानेर मुख्य नहरमार्फत सिँचाइ गरिन्छ। हाल रत्ननगरस्थित खगेरी खोलाबाट बिसहजारी ताल हुँदै आउने खगेरी सिँचाइ आयोजनामा पानी सुक्दै गएको छ। त्यसपछि राधापुरदेखि नारायणी लिफ्टको पानी खगेरीमा मिसाएर मंगलबारदेखि कमाण्ड क्षेत्रमा पठाउन थालिएको हो।

पश्चिम चितवनका किसान एवम् खगेरी सिँचाइ आयोजनाका उपाध्यक्ष खिलराज रेग्मीले खडेरीका कारण आकासे पानी कुरेर धान रोप्नुपर्ने बाध्यता आएको बताए। ‘खोलामा पानी सुक्यो। खडेरीका कारण धान रोप्न पाइएन,’ रेग्मीले भने, ‘नारायणी लिफ्टको पानी आएपछि केही राहत मिलेको छ, तर नहरमा पनि पानीको मात्रा पर्याप्त छैन।’

किसानले आलोपालो पालना गरे पनि समयमा पर्याप्त पानी नपाइरहेको गुनासो गर्ने गरेको उनले बताए। नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि समितिको निर्णयअनुसार खगेरीमा पानी पठाइएको जानकारी दिए। उनले भने, ‘सतह सिँचाइको क्षेत्रमा खडेरीका कारण रोपिएका रोपोसमेत सुक्न थालेका छन्।’

जिल्लामा हालसम्म ८७.६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार अधिकांश पालिकामा रोपाइँ सकिए पनि भरतपुर महानगरको पश्चिम क्षेत्रमा अझै रोपाइँ बाँकी रहेको छ। खडेरीको असरले कतिपय ठाउँमा रोपिएका धानसमेत सुक्न थालेको उनले जानकारी दिए।

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार भूमिगत सिँचाइले धान रोपाइँमा राहत दिएको छ। तर हाल ट्युबवेल सञ्चालनका लागि दिउँसो आवश्यक पर्ने विद्युत् भोल्टेज नपुग्ने समस्या देखिएको छ, जसकारण किसान रातिको समयमा मात्र सिँचाइ गर्न बाध्य भएका छन्।

उनका अनुसार सतह सिँचाइका नहरमार्फत बग्ने पानीले भूमिगत जलस्रोत पुनःभरिने (रिचार्ज हुने) भएकाले सतह सिँचाइको प्रभाव भूमिगत सिँचाइमा पनि देखिएको छ। यस संयोजनात्मक सिँचाइ पद्धतिले खडेरीका बेलामा राहत पुर्‍याएको उनको भनाइ छ।

प्रकाशित: २०८२ साउन ९ गते शुक्रबार ०७:४५
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना