काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एआईलाई सही ढंगले प्रयोग गर्न सकिए विकासको गतिलाई तीव्रता दिन सकिने बताएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमताः एक समग्र दृष्टिकोण’ शीर्षकसहितको एकदिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको बताए। उनले जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्ने समय आएको उल्लेख गरे।


