काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्डको निवासमा भएको भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ।
भेटमा वामपन्थी ध्रुवीकरण र कम्युनिस्ट एकताका विषयमा पनि कुराकानी भएको नेकपा एसका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, अन्तर्राष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको उनको जिकिर छ।


