काठमाडौँ- पछिल्लो १२ घण्टामा मधेशमा छिटफुट वर्षा भएको छ। सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा १७ मिलिलिटर वर्षा हुँदा वीरगञ्जमा पानी परेको छैन।
सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा हल्का वर्षा भएको छ। सुदूरपश्चिम प्रदेशमा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
आगामी दिनमा मधेश प्रदेशमा वर्षाको मात्रा बढेर मध्यमसम्म पुग्नसक्ने पूर्वानुमान छ। तर धान रोप्नका लागि पनि त्यो पर्याप्त नहुने अनुमान छ।
गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा भएको छ। त्यहाँ १२६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ। काठमाडौँको पानीपोखरीमा ५० मिलिलिटर वर्षा भएको छ। नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८६ मिलिमिटर वर्षा रेकर्ड भएको छ। काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा वर्षा भएको छ।
कहाँ कति वर्ष भइरहेको छ भन्ने हेर्न यो लिंकमा क्लिक गर्नुहोस्।


