काठमाडौँ- गायिका पूजन काफ्लेको शब्द, संगीत तथा स्वर रहेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन्।
तीजको पूर्वसन्ध्यामा पारेर गायिका काफ्लेले आफ्नै युट्युब च्यानलमार्फत सोमबार गीत ल्याएकी हुन्।
विद्यालय सञ्चालिका समेच रहेकी काफ्लेको गीतमा आदेश गुर्मछानको संगीत संयोजन छ।
गीतमा गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ। तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ।
केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शीला गजुरेल, संस्कृति भुजेल र एलीजा काफ्लेको नृत्य छ।
गायिका काफ्लेले यस अधि पनि तीज गीत बजारमा ल्याएकी थिइन्।


