२०८३ कार्तिक १५ गते शनिवार

आइडिया फर वर्ल्डले भित्र्यायो ‘डोम हाउस’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १५
dome_house

काठमाडौँ- नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित नेपाल आइडिया फर वर्ल्डले अन्तर्राष्ट्रियस्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बुधवार डोमहाउस लन्च कार्यक्रम सम्पन्न भएको हो।

स्काई टावर काठमाडौँमा आयोजित विशेष समारोहमार्फत डोमहाउसहित २५ प्रकृतिका नवीनतम प्रडक्टहरूका विषयमा जानकारी दिइएको थियो।

प्रमुख अतिथि रहेका मन्त्री पाण्डेले नवीनतम प्रविधिका सामग्री भित्र्याएर विश्वसँग नेपाललाई जोड्न आइडिया फर वर्ल्डले प्रयास गरेको भन्दै सह्राना गरे।

‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ। निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र झन्झटिला कानुन संशोधन गरिनेछ,’ उनले भने।

‘यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि होइन, नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने संकेत पनि हो,’ नेपाल आइडिया फर वर्ल्डकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले भनिन्।

संस्थाका निर्देशक सन्तोष सुवेदीले ‘डोमहाउस परियोजनाले प्रभावका लागि नवप्रवर्तन, प्रगतिको लागि साझेदारी’ भन्ने मूल नारालाई आत्मसात गरेर अगाडि बढ्ने बताए। हरित प्रविधिमा आधारित, पर्यावरणमैत्री, स्वदेशी डिजाइन र निर्माणमा आधारित प्रवृत्तिलाई बढावा दिने उनको भनाइ छ।

कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

डोमहाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो। पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीसँग जोडेर यसको डिजाइन गरिएको हुन्छ।

यसमा रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, मिडिया स्टुडियो, निजी कार्यालय, वा विभिन्न कार्यक्रमका स्पेसको रूपमा प्रयोग गर्न सकिन्छ।

प्रकाशित: २०८२ साउन १५ गते बिहिबार ०६:२८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना