२०८३ कार्तिक २५ गते मङ्गलबार

सीमानादेखि विपद्का घटनासम्म पुग्छ सशस्त्र प्रहरी

 |  सङ्गीता राई
Sanket

सङ्गीता राई

काठमाडौँ, साउन १८
armed_police

धरान (सुनसरी)- गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो। सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो। भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो। दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो। विस्तारै धुवाँको मुस्लो बढ्दै गयो। आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो।

आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो। सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगरी भवनभित्र पसेर ११ जनाको जीवन बचाउन सफल भयो सशस्त्र प्रहरी बलका उद्धार टोली।

प्लाजामा आगो लाग्दै गर्दा एउटा तस्बिर ‘भाइरल’ बनेको थियो त्यतिबेला। सशस्त्र प्रहरी सहायक हबल्दार डोरीमा झुण्डिएर प्लाजामा फसेर सर्वसाधारणको उद्धार गर्न खटिएका थिए।

आगोको ताप, धुवाँको अन्धकारमा त्यतिबेला सशस्त्र प्रहरीको मुक्तकण्ठले प्रशंसा सामाजिक सञ्जालमा भएको थियो। भवनको चार तलामा फसेका सर्वसाधारणलाई डोरी र भर्‍याङमार्फत सशस्त्र प्रहरीले बाहिर निकालेको त्यो दृश्य केबल साहसको कथा मात्र थिएन, त्यो दैनिक तयारी, तालिम र जनताको सुरक्षाप्रति गहिरो प्रतिबद्धताको प्रमाण पनि थियो।

प्लाजाको आगलागीमा सशस्त्र प्रहरी बल सुनसरीबाट एक सयभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए। त्यतिबेला केही सुरक्षाकर्मी आफैँ पनि घाइते भए तर उद्धार कार्य भने रोकिएन। सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा भनछन्, ‘हामीलाई थाहा थियो, आगोभन्दा अघि हामीले त्यहाँ पुगेनौँ भनेभित्रका मानिस बाँच्दैनन्। आगोले ठूलो मानवीय क्षति गर्ने थियो होला हामीले त्यसबेला तालिम होइन, जिम्मेवारी निभाइरहेका थियौँ’, उपरीक्षक थापाले भने। नौ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो भने बाँकी दुई जना नेपाल प्रहरी, नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार गरेको थियो।

उद्धारका क्रममा प्रयोग गरिएको डोरी, फायर बलसहितको अग्नि सुरक्षा उपकरण र आपतकालीन तालिमप्राप्त टोलीको समन्वयले सो कार्य सम्भव भएको उनको भनाइ छ। विपद् जब एकैछिनमा जीवन र मृत्युको खाडल कोर्दै अघि बढ्छ, त्यहीबेला सशस्त्र प्रहरी बल नेपालले निर्णय लिन्छ जीवनरक्षाको पक्षमा उभिने। पछिल्ला घटनामा देखिएको तत्क्षण प्रतिक्रिया, सूक्ष्म समन्वय र अदम्य साहसले फेरि एकपटक प्रमाणित गर्‍यो सशस्त्र प्रहरी केबल शान्ति र सुरक्षाको होइन,जीवनको पनि रक्षक हो।

विसं २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म सुनसरीको बराहक्षेत्र चतराधाममा लागेको पूर्णमहाकुम्भ मेलाको अपार भीडमा कोशी नदीमा स्नान गर्दै गर्दा हराएका आठ सर्वसाधारणलाई सशस्त्र प्रहरीको गोताखोरसहित खटिएको टोलीले जीवन फर्काइदिनु सशस्त्र प्रहरी बलको दृष्टि, गति र समर्पणको सङ्गम बनेको उदाहरण हो।

नेपालको भूगोलिक सीमाना मात्र भौगोलिक सीमा होइन, राष्ट्रको अस्तित्व, सुरक्षा र सार्वभौमिकताको जीवनरेखा पनि हो। यिनै सीमाका अडिग र निडर पहरेदारका रूपमा परिचालित छन् सशस्त्र प्रहरी बल नेपाल। बलको गठनदेखि लिएर, सीमाको रक्षा, आन्तरिक सुरक्षाको मजबुती, राजस्व सङ्कलन सहयोग, विपद् व्यवस्थापनजस्ता सुनसरीमा १८ भन्दा बढी कार्यक्षेत्रमा उहाँहरूको सक्रिय सेवा गरिरहेका छन्।

तर यतिमात्र होइन, सशस्त्र प्रहरी बललाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बहसले पनि तीव्रता पाइरहेको छ। सीमास्तम्भको संरक्षण, सीमामा परिचालित जनशक्ति, भौतिक संरचनाको अवस्था, अनि केन्द्रदेखि स्थानीय तहसम्मको राजस्व सङ्कलनमा उहाँहरूले खेलेको भूमिकाले राज्य संयन्त्रमा यस संस्थाको महत्वलाई अझ गहिरो बनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाको सीमाक्षेत्रमा सशक्त उपस्थिति जनाउँदै आएको छ। २०६४ सालदेखि स्थायी रूपमा तैनाथ सशस्त्र प्रहरीले सीमासुरक्षा मजबुत बनाउँदै अहिले सुनसरी जिल्लामा दुई वटा प्रभावित सीमासुरक्षा गुल्म र नौ वटा बिओपीमार्फत सेवा प्रवाह गरिरहेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण मुख्यालय, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, ६१.९ किलोमिटर लामो अन्तरराष्ट्रिय सीमाक्षेत्रमा फैलिएका ११ वटा युनिटमार्फत नियमित गस्ती, निगरानी, सुराकी सङ्कलन र अवैध गतिविधि नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन्। यी युनिटले जिल्लाको सीमा सुरक्षामा सतर्कता, समन्वय र प्रविधि आधारित रणनीति अपनाएर कार्य गरिरहेको उनले बताए।

उपरीक्षक थापाका अनुसार सुनसरीका सबै सीमाक्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण भए पनि विशेषगरी कोशी नदी आसपासका नाका तुलनात्मक रूपमा बढी संवेदनशील मानिन्छन्। मानिस तथा सवारीसाधनको बाक्लो आवतजावत हुने भएकाले ती क्षेत्र लागुऔषध ओसारपसार, चोरी तस्करी तथा साना हतियारको अवैध कारोबारको उच्च जोखिममा पर्ने गरेको उनको भनाइ छ।

सीमा क्षेत्रमा लागुऔषध, घरायसी तथा विद्युतीय सामग्री, साना हतियारलगायत उच्च मूल्यका वस्तुहरूको अवैध तस्करी प्रयास भइरहने गरेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, ‘सर्च अपरेसन’, प्रविधिमैत्री निगरानी, संयुक्त अभियान र सूचनाका आधारमा कारबाही सञ्चालन गर्दै आएको बताए।

साथै, अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण र कानुनी प्रक्रिया अगाडि बढाउने काममा समेत उल्लेखनीय प्रगति भएको उनको भनाइ छ।

बिओपीले मानव तथा लागुऔषध तस्करी, अवैध रुपमा ओसारपसार, काठ चोरी, राजस्व छली तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा पनि सक्रिय भूमिका खेलिरहेको छ। 

सुरक्षा प्रवद्र्धनमा सशस्त्र प्रहरी बलले स्थानीय प्रशासन, स्थानीय तह, भन्सार कार्यालय, व्यवसायी, समुदाय तथा सर्वसाधारणसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। उपरीक्षक थापाले भने, ‘सामूहिक सुरक्षाको अभ्यासलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले समुदायसँगको साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले सूचना आदानप्रदानदेखि सामूहिक जिम्मेवारीसम्म बलियो बनाएको छ।’

सीमावर्ती सुरक्षामा मात्र होइन, अन्तरराष्ट्रिय समन्वयमा पनि सशस्त्र प्रहरीको भूमिका सशक्त रहेको छ। उनले भने, ‘भारतसँगको मित्रतापूर्ण सम्बन्धलाई कायम राख्दै, सम्बन्धित सुरक्षा निकायसँग नियमित समन्वय, सूचना आदानप्रदान तथा बैठकको माध्यमद्वारा सीमासम्बन्धी समस्या तथा सीमा अपराधलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको छ।’ सीमा जोडिएका १६ वटा वडामा सीमा सहजीकरण समितिसमेत गठन गरिएको र उक्त समितिबाट समयसमयमा सुरक्षा बैठक, छलफल तथा सहकार्यका माध्यमबाट समस्या समाधान गरिँदै आएको छ।

अभ्यासका क्रममा सशस्त्र।

सीमापार अपराध नियन्त्रणमा यस्ता संयन्त्रले दीर्घकालीन र प्रभावकारी भूमिका खेलिरहेको उपरीक्षक थापाले बताए। उनका अनुसार सीमामा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्यलाई अझ संस्थागत गर्दै सशस्त्र प्रहरी बल नेपालको उपस्थिति सीमामा मात्र सीमित नभई राष्ट्रको समग्र सुरक्षामा समर्पित अभियन्ताको रूपमा परिभाषित भइरहेको छ।

सुनसरीको भोक्राहा नहरसिं गाउँपालिका–३ निवासी स्थानीय व्यवसायी राजाराम साह भन्छन्, ‘‘भारत भन्सार नजिकै मेरो घर पर्छ। पहिले चोरी डकैती धेरै हुने गरेको थियो अहिले त्यो धेरै कम भएको छ। अहिले हरेक गल्ली र चोकमा सशस्त्र प्रहरी देखिन्छन्। जनताको सुरक्षामा खटिएको देख्दा हामीलाई भरोसा हुन्छ।’

साहका अनुसार, सशस्त्रको सक्रिय उपस्थिति मात्र होइन, स्थानीय जनसहभागितासहितको सहकार्यपूर्ण व्यवहारले पनि वातावरण परिवर्तन भएको छ। सुरक्षाकर्मीले हाम्रो मात्र सुरक्षा हैन कहिलेकाहीँ हाम्रो पनि सहयोग माग्नुहुन्छ हामीले पनि सहयोग गर्ने गरेका छौँ। अहिले प्रशासन कडा छ, सशस्त्र प्रहरीले आफ्नो कर्तव्यमा कुनै कसर छोड्नु भएको छैन, उनीहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्।

सुनसरी सशस्त्र प्रहरी बल नेपाल भारत सीमा क्षेत्रमा रहेको बिओपी लौकहीलगायत आठ वटा अन्य बिओपीहरुले सिमानामा सुरक्षा, अवैध क्रियाकलाप नियन्त्रण तथा राजस्व सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

उक्त बिओपीहरुले सुनसरी जिल्लाको भौगोलिक पूर्वी सिमाना क्षेत्र, विशेषगरी कोशी नदी आसपासको क्षेत्रमा निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरीहरुले अन्तरराष्ट्रिय सिमानाको रक्षा गर्नुका साथै सीमामा रहेका पिलरहरूको सुरक्षा, मर्मत, रङरोगन तथा अभिलेखिकरणसम्बन्धी कार्य नियमित रूपमा गर्दै आइरहेको बिओपी लौकहीका बिओपी पति निगम राईले बताए।

साथै यस बिओपीले मानव तथा लागुऔषध तस्करी, अवैध रुपमा ओसारपसार, काठ चोरी, राजस्व छली तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा पनि सक्रिय भूमिका खेलिरहेको उनले बताए।

सीमावर्ती क्षेत्रमा भइरहेका अपराध नियन्त्रण गर्नुका साथै अन्तरदेशनिक सुरक्षामा समेत बिओपीहरुको योगदान उल्लेखनीय रहेको छ। बिओपीपति राईका अनुसार सीमावर्ती अपराध नियन्त्रण, आन्तरिक सुरक्षाको मजबुती, आपतकालीन उद्धार, राजस्व सङ्कलन तथा सीमावर्ती जनताका सुरक्षामा आफूहरु निरन्तर समर्पित भएर कार्य गरिरहेको उनको भनाइ छ।

सुनसरीको कोशी गाउँपालिका-१ का वडाध्यक्ष तथा सीमा सहजीकरण समितिका अध्यक्षले सोभित नारायण यादवले सशस्त्र प्रहरी बल नेपालसँग सीमा सुरक्षाका विषयमा निरन्तर समन्वय भइरहेको बताए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको भूमिकालाई सकारात्मक रुपमा लिँदै उनले स्थानीय सरकारसँगको सहकार्य अझ सुदृढ हुँदै गएको बताए।

उनले भने, ‘सीमा क्षेत्र नजिकका समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा सुरक्षासम्बन्धी सूचना आदानप्रदान हुने गरेको छ। सशस्त्र प्रहरी बलको उपस्थिति सीमा क्षेत्रमा अत्यन्त आवश्यक छ। हामी गाउँपालिका र समितिको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिरहेका छौँ।’

सीमा क्षेत्रमा पछिल्लो समय लागुऔषधको प्रयोग तथा ओसारपसारसम्बन्धी समस्या केही बढेको वडाध्यक्षको भनाइ छ। उनले भने, ‘लागुऔषधको समस्या समाधान गर्न अब गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक छ। यो युवा पुस्ताको भविष्यसँग जोडिएको विषय पनि हो।’ समस्या समाधानका लागि सशस्त्र प्रहरी, स्थानीय सरकार, समुदाय तथा शिक्षा संस्थाबीच समन्वय गरी सचेतनामूलक कार्यक्रम, निगरानी संयन्त्र र आवश्यक कारबाहीलाई सशक्त बनाउनुपर्ने अध्यक्ष यादवले बताए।

सीमा समन्वय समितिको नेतृत्व गर्दै आएका अध्यक्षले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा आपसी समन्वयमा आधारित सुरक्षा रणनीति निर्माणमा स्थानीय सरकारको भूमिका झनै प्रभावकारी बनाउने जानकारी दिए।

सशस्त्र प्रहरी बल सुनसरीले जिल्लाभित्रका भन्सार कार्यालयहरू, पालिका सरकार, तथा स्थानीय सामाजिक नेतृत्वसँग निरन्तर समन्वय गर्दै चोरीपैठारी नियन्त्रण, लागुऔषध कारोबारविरुद्धको अभियान, तथा सीमा क्षेत्रमा हुनसक्ने अपराधहरूमा प्रतिरोधात्मक भूमिका खेलिरहेको छ। विपद् व्यवस्थापनदेखि समुदायस्तरको शान्ति स्थापनासम्म सशस्त्र प्रहरी बलको कार्यक्षेत्र सीमामा मात्रै सीमित छैन भन्ने उदाहरण सुनसरी बनिरहेको छ।

सुनसरीको कोशी ब्यारेजस्थित मुख्य भन्सार कार्यालयका प्रमुख राधेश्याम दाहालले सशस्त्र प्रहरी बललाई सीमावर्ती सुरक्षाका विश्वसनीय रक्षकका रूपमा मूल्याङ्कन गरेका छन्। सशस्त्र प्रहरीको नियमित गस्ती, चेकिङ र सतर्कताका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको उनले बताए।

‘सीमामा तैनाथ सशस्त्र प्रहरीको निगरानी र समन्वयकारी भूमिकाले साना ठूला तस्करी गतिविधिमा गिरावट आएको छ’, उनले भने। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा मुख्यतः खाद्यान्न, लत्ताकपडा, मोबाइल, मदिरा, चिनी, सौन्दर्य सामग्री र वस्तुहरूको तस्करी हुने गरेकामा सशस्त्र प्रहरीको तत्परताले ती क्रियाकलापमा कडाइ गरिँदै आएको छ।

भन्सार र सशस्त्र प्रहरीबीच सूचनाको आदानप्रदान, संयुक्त अपरेसन, जोखिमयुक्त क्षेत्रको पहिचान, अस्थायी चेकप्वाइन्ट स्थापना तथा रात्रिकालीन गस्तीलाई प्राथमिकता दिइएको प्रमुख दाहालले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरीको उपस्थिति र गस्तीको प्रभावकारिताले सीमावर्ती सुरक्षामा स्थायित्व कायम राख्न सहयोग पुगेको छ। तर, सीमा सुरक्षामा अझ सुदृढता ल्याउन प्रविधिमैत्री पूर्वाधार, पर्याप्त जनशक्ति र स्थानीय तहको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। सीमाको खुला भौगोलिक बनावट, सीमित जनशक्ति र प्राविधिक उपकरणको अभाव अझै चुनौती रहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०८१/८२ मा सुनसरीको कोशी ब्यारेज भन्सार कार्यालयले ४६ करोड २० लाख १२ हजार लक्ष्यको (९६ प्रतिशत) राजस्व सङ्कलन गरेको जानकारी दिँदै प्रमुख दाहालले सशस्त्र प्रहरीको योगदान, प्रविधिको प्रयोग र कर्मचारीको सक्रियतालाई सफलताका मुख्य आधारका रूपमा उल्लेख गरे।

‘सशस्त्र प्रहरी बल सच्चा सिमानाका रक्षक हुन्’, प्रमुख दाहालले भने, ‘उहाँहरूको सतर्कता, समर्पण र समन्वयात्मक भूमिकाले राष्ट्रको सुरक्षा र आर्थिक व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको छ।’

सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल उच्च सतर्कता र सक्रियताका साथ परिचालित भएको छ।

सीमा सुरक्षालाई सशक्त बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा कोशी प्रदेशका सशस्त्र प्रहरी प्रवक्ता सुधिरजङ्ग थापाले सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई दीर्घकालीन प्राथमिकताका रूपमा लिएर रणनीतिक ढङ्गले काम गरिरहेका बताए।

प्रवक्ता थापाका अनुसार भारतसँग सीमा जोडिएका सबै नाकाहरूमा लागुऔषध ओसारपसार, भन्सार छली, चोरी, तस्करी, मानव ओसारपसारलगायत सीमापार आपराधिक गतिविधिहरू बढ्दै गएकाले त्यसको रोकथामका लागि सशस्त्र प्रहरी बल पूर्ण सतर्कतामा रहेको छ। त्यस्ता अपराध नियन्त्रणका लागि बलले आवश्यक रणनीति तयार पार्दै कार्यान्वयनमा लैजाने तयारी गरेको उनले बताएका छन्।

सीमा सुरक्षालाई सशक्त बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता सशस्त्र प्रहरी बलले जनाएको छ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सीमावर्ती बस्तीका नागरिकहरूसँग अन्तरक्रिया, संवाद र सहयोग विस्तार गरी समुदायमैत्री सुरक्षा प्रणाली निर्माण गर्ने प्रयास भइरहेको प्रवक्ता थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बलले स्थानीय समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै आवश्यक स्रोत साधन, जनशक्ति र प्रविधिको प्रयोगमार्फत सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ। हाल सीमावर्ती क्षेत्रमा देखिएको आपराधिक क्रियाकलापले राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना गरिरहेका बेला सशस्त्र प्रहरीको सक्रियता र तत्परताले राष्ट्रकै दीर्घकालीन सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका स्थानीय प्रशासन, अन्य सुरक्षा निकायहरू, आम जनसमुदाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था र समकक्षी काउन्टरपार्टहरूसँग सुमधुर सम्बन्ध तथा समन्वय कायम गरी समग्र नागरिकमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल, नेपाल निरन्तर सक्रिय रहँदै आएको छ।

सीमा सुरक्षाका साथै सीमास्तम्भको संरक्षण, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रण, अवैध तस्करी रोकथाम तथा विपद् र प्रकोपजस्ता घटनामा सफल उद्धार कार्य सञ्चालन गर्दै सङ्गठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको छ। –रासस

प्रकाशित: २०८२ साउन १८ गते आईतबार ०२:३३
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना