काठमाडौँ- चिनियाँ बहुराष्ट्रिय सवारी उत्पादक कम्पनी जिलीले दुई मोडलका बिजुली गाडी नेपाल भित्र्याएको छ। एलआरआर मोटर्सले नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडलहरू जिली ईएक्स-५ प्रो र जिली ईएक्स-५ म्याक्स भित्र्याइएको जानकारी दिएको हो।
यी मोडल स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ रङमा उपलब्ध छन्। ईएमएएक्स-५ प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईएमएएक्स-५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ। यसमा छुट दिन सकिने कम्पनीले बताएको छ। यद्यपि कति छुट दिन सकिने भन्ने कम्पनीले खुलाएको छैन।
यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ। सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ।
गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैँले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो। साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टि समेत दिएको जनाएको छ।
यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमि/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।
यसमा सीएलटीसी परीक्षणअनुसार ५३० किमि र डब्लुएलटीपी मापन अनुसार ४३० किमिसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ।
जिली ईएमएएक्स५ शृृंखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्।
आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ।
ईएमएएक्स५ मा थप रूपमा हेडअप डिस्प्ले, हिटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै फ्लाईमीको साउन्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ।
यी मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन्।
साथै, जिलीले आफ्नै विकसित फ्लाईमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ।
ईएमएएक्स५ प्रो र ईएमएएक्स५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ।


