मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुइटा अदालतमा कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनमा उनलाई बैंकिङ कसुरको मुद्धामा २५ लाख रूपैयाँ धरौटी माग गरेको थियो।
यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख रूपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईं सो धरौटी बुझाइसकेका छन्।
प्रसाईंलाई काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले जेठ २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
उच्च अदालतले उक्त आदेशलाई बदर गरी धरौटी माग गरेको हो।


