२०८३ कार्तिक २५ गते मङ्गलबार

ओलीलाई चुनौती दिन विद्याले खोलिन् सम्पर्क कार्यालय, यसरी हुँदैछ तयारी [फोटो फिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २३
Bidhya Bhandari contact office (5)

काठमाडौँ- पूर्वराष्ट्रपतिबाट एमाले राजनीतिमा फर्कनका लागि विद्या भण्डारीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने तयारी थालेकी छन्। थापागाउँमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय राख्ने तयारी गरिएको हो।

उक्त घरमा अहिले मर्मतको काम भइरहेको छ। उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन्। घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ। केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ। विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने गरी राजनीतिमा आउन लागेकी हुन्। उक्त घर मदन भण्डारी फाउन्डेसनको नाममा भाडामा लिइएको थियो। ठूलो कम्पाउन्डसहितको उक्त घर तीनतले छ।

मदनले २०४८ सालको चुनाव उक्त घरमै प्रचार प्रसार कार्यालय खोलेर जितेका थिए। त्यसपछि मदन पत्नी विद्याले पनि २०५१ सालको चुनावमा त्यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन्। अहिले एमालेको राजनीतिमा सक्रिय हुनका लागि उनले त्यही घर रोजेकी हुन्।

थापागाउँस्थित यो घर २०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर बनेका नेता विदुर मैनालीको हो। दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेपछि भण्डारी अहिले बूढानीलकण्ठस्थित भंगालमा रहेको निवासबाटै सक्रिय भइरहेकी छन्।

उनले गत असार १४ गत मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत् आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनलाई राजनीतिमा आउन निषेध गरेको थियो। उनले २०८१ वैशाखमा नवीकरण गरेको संगठित सदस्यता पनि एमालेले अमान्य घोषित गरेको थियो। एमाले अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा रहनेहरूका लागि गरिएको दुई कार्यकालको व्यवस्था पनि हटाइसकेका छन्।

यो अवस्थामा ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै भण्डारीलाई आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने गरी निर्णय गराइसकेका छन्।

प्रकाशित: २०८२ साउन २३ गते शुक्रबार ०१:३१
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना