काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग कुराकानी गर्न एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल हात्तीवन पुगेका छन्।
हात्तीवनस्थित नारायणकाजी श्रेष्ठको निवासमा भुसाल पुगेका हुन्।
माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको विषयमा श्रेष्ठले भुसालसँग कुराकानी गरेका हुन्। करिब एक घण्टा दुवै नेताले कुराकानी गरेका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकार वर्तमान सरकार निरङ्कुश र भ्रष्ट बन्दै गइरहेको भन्दै उनीहरूले आलोचना पनि गरेका थिए।
श्रेष्ठले यसअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग कुराकानी गरेका थिए।
माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाटै विप्लवसँग एकता गर्ने निर्णय गरेपनि एकता प्रक्रिया ज्युँका त्युँ छ।


