२०८३ कार्तिक २५ गते मङ्गलबार

हिमताल : नेपाल, भारत र चीनमा सदाबहार संकट

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, साउन २६
solukhumbu-badhi-1024×622
सोलुको उत्तरी क्षेत्रमा रहकेो हिमताल। सोलुको थामेमा गत वर्ष आएको बाढीको मुख्य कारण यही हिमताल फुटेको निष्कर्ष निकालिएको छ।

काठमाडौँ- नेपाल, भारत र चीनका हिमाली भेगमा धेरै हिमताल छन्। जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि हुँदा धेरै हिमताल फुट्ने जोखिम छ। ताल फुटेर बाढीपहिरो आउँदा बस्ती, खेतबारी, सडक, पुल, जलविद्युत आयोजना र अन्य संरचनामा क्षति पुर्‍याइरहेका छन्। जसको पछिल्लो उदाहरण हो, चीनको लेन्देखोलामा आएको बाढीको क्षति। यो बाढीमा परी ९ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी मानिस बेपत्ता भए। अर्बाैँ रुपैयाँको क्षति भयो।

यस्तै यही साउन २० गते भारतमा पनि हिमताल फुटेर आएको बाढीले सय जना बढी बेपत्ता छन् भने हालसम्म ५ जनाको शव भेटिएको छ। यो बाढीमा २९ जना नेपाली अझसम्म सम्पर्कविहीन छन्। यी घटनापछि मौसम तथा हिमतालका विज्ञहरूले तत्काल सतर्कता र तीनै देशबीच सहकार्यको आवश्यकता देखिएका छन्।

हाम्रो देशको हिमाली भेगमा झण्डै ३ हजार हिमताल छन्। जसमा २१ वटा ताल उच्च जोखिममा छन्। पृथ्वीको तापक्रम वृद्धिसँगै हिमनदी पग्लने क्रम बढ्दो छ। जसका कारण नयाँ ताल बन्ने, बनेका तालको क्षेत्रफल र गहिराई बढिरहेको छ।

गत वर्ष दुई हिमताल फुट्दा सोलुखुम्बु जिल्लाको थामे गाउँमा ठूलो बाढी आयो। बाढीले घर, विद्यालय, स्वास्थ्य चौकी, होटल र अन्य संरचना बगे। १ सय ३५ जना विस्थापित भए। भने बाढीकै कारण भौतिक संरचनामा क्षति पुग्यो।

नेपाल र चीनको सीमा पार गर्दै बग्ने भोटेकोशी नदी आसपासको क्षेत्रमा चीनतर्फ बनेको हिमताल फुट्दा २०७२ सालमा ठूलो बाढी आएको थियो। यसले सडक, पुल र बस्ती ध्वस्त पारेको थियो। यसै वर्षको गत असार २४ गते पुनः भोटेकोशीमा बाढी आयो। हिमताल नै फुटेर आएको बाढीले रसुवागढी–स्याफ्रुबेँशी सडक अवरुद्ध बनाएको छ। नेपाल-चीन जोड्ने मितेरी पुल भत्कियो भने भौतिक र मानवीय क्षति ठूलो भएको छ।

गत वर्ष दुई हिमताल फुट्दा सोलुखुम्बु जिल्लाको थामे गाउँमा ठूलो बाढी आयो। बाढीले घर, विद्यालय, स्वास्थ्य चौकी, होटल र अन्य संरचना बगे। १ सय ३५ जना विस्थापित भए। भने बाढीकै कारण भौतिक संरचनामा क्षति पुग्यो।

च्छो रोल्पा तालले झण्डै दुई दशकअघिदेखि नेपालीको मनमा भयको जरा गाडिसकेको छ। सन् २००८ ताका नै फुट्ने चर्चामा रहेको यो ताल १.५५ वर्गकिलोमिटरबाट बढेर अहिले १.६५ वर्गकिलोमिटर पुगिसकेको जानकारहरूको भनाइ छ। अहिले खतराको सूचीमा नरहेको भनिएको यो ताल फुटेको खण्डमा तामाकोशी क्षेत्रका सयौँ घरधुरी र महत्त्वपूर्ण पूर्वाधार बग्ने छन्।

सोलुखुम्बु जिल्लामा पर्ने इम्जा ताल पनि फुट्ने खतरामा छ। एक दशकअघि यो तालको जोखिम कम गर्न ४० लाख घनमिटर पानी बाहिर फालिएको थियो। तर, ताल बढ्ने क्रममै रहेकोले खतराको सूचीबाट हट्न सकेको छैन। यो ताल दुई दशकदेखि निरन्तर बढ्ने क्रममा रहेको अध्ययनहरूको निष्कर्ष छ।

मस्र्याङ्दी नदीको मुहानमा रहेको थुलागी ताल पनि खतरामै छ। यो ताल फुटेमा सय किलोमिटर तलसम्मका सडक, पुल, बस्ती र जलविद्युत आयोजनामा क्षति पुर्‍याउन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन्।

नेपालजस्तै भारतमा पनि हिमताल फुट्ने जोखिम उच्च छ। भारतका हिमाली क्षेत्रका राज्यहरु सिक्किम, अरुणाचल, हिमाचल र उत्तराखण्ड प्रदेशमा हिमताल फुट्ने खतरा बढ्दो रहेको भारतीय सञ्चारमाध्यमले जनाउँदै आएका छन्।

सन् २०२३ अक्टोबरमा ल्होनाक ताल फुट्दा सिक्किममा ठूलो क्षति भयो। यो ताल फुट्दा १५ पुल र एउटा जलविद्युत आयोजना बगाएको थियो भने ९० भन्दा बढी मानिसको मृत्यु भयो। भारतीय भू–गर्भ विभागका अनुसार अहिले ५० भन्दा बढी हिमताल उच्च जोखिममा छन्। यीमध्ये केही तालमा खतराको संकेत दिने साइरन पनि जडान गर्ने तयारी भइरहेको भारत सरकारले बताउँदै आएको छ।

भारतजस्तै चीनमा पनि हिमताल फुट्ने त्रास छ। तिब्बत क्षेत्रमा मानव बस्ती नभएको र त्यो क्षेत्रमा हिमताल फुट्दा नेपालतर्फ अधिक क्षति हुने गरेको छ। जसको प्रमाण गत असार २० मा तिब्बत क्षेत्रको एक हिमताल फुटेर भोटेकोशीमा आएको बाढीले पु¥याएको क्षति हो।

तिब्बतको हिमाली क्षेत्रमा रहेका केही ठूलो आकारका हिमताल नेपाल र भारततर्फ बग्ने नदीका मुहान हुन्। यीमध्ये विशेषगरी पोइचु– भोटेकोशी र केरुङ–त्रिशूली नदी प्रणालीका हिमतालहरू खतरामा छन्। अध्ययन अनुसार यी दुई नदीका मुहान र आसपासको क्षेत्रमा झण्डै २८ वटा हिमताल जोखिममा छन्। यी तालमध्ये कुनै एक मात्र फुटे पनि ५० भन्दा बढी पुल, ९ जलविद्युत आयोजना र ५० किलोमिटरभन्दा लामो सडकमा क्षति पुग्ने देखिन्छ।

हिमतालको जोखिम तीनै देशका लागि साझा समस्या हो। पृथ्वीको तापक्रम बढ्ने क्रममा रहनु र हिमताल फुट्दै क्षति पुर्याउन थालेपछि नेपाल, भारत र चीन सरकारले साझा समस्या घोषणा गरेर काम गर्नु पर्ने संखुवासभाका सामाजिक अभियन्ता युवराज राईको बुझाइ छ। उनी भन्छन्, ‘नेपाल, चीन वा भारतमा रहेकामध्ये एक मात्र ताल फुट्ने हो भने यी देशले नै समस्या भोग्नु पर्छ।’

हिमताल फुट्ने खतरालाई रोक्न तालमा जम्मा भएको पानीलाई बाहिर निकास दिने, खतरा हुने देखिएमा विपद्को संकेत दिने उपकरण जडान गर्ने र जोखिममा रहेका बस्तीलाई अन्यत्र सार्नु पर्ने पाँचथरको कुम्मायकका यामबहादुर ढकालको सुझाव छ।

विज्ञानले चमत्कार गरिरहेको समयमा विकासका नाममा पृथ्वीमाथिको दोहन र यसले सिर्जना गरेको जलवायु परिवर्तन साथै भविष्यको ख्याल नगरी निर्माण गरिएको पूर्वाधारको दिगो अध्ययन गर्दै मानव र मानवले निर्माण गरेका पूर्वाधारलाई जोगाउन सबै पक्षले समयमै ध्यान दिनुको विकल्प देखिन्न।

प्रकाशित: २०८२ साउन २६ गते सोमबार ११:०३
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना